एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

काठमाडौं - नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । टियू अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र गत सिजनमा पाँचौं स्थानमा सीमित भएको काठमाडौं गोर्खाजबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा खेलाइने यो खेलका टिकटहरू सार्वजनिक भएको केही घण्टामै सोल्ड आउट भइसकेका छन्, जसले पनि यसको लोकप्रियता र उत्साहलाई प्रमाणित गरेको छ । यो सिजनमा कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमै खेलाइने छ । जसले दर्शकहरूलाई रात्रीकालीन क्रिकेटको मज्जा दिनेछ ।

एनपीएल सिजन २ मा यस पटक नेपालमा उपलब्ध विभिन्न अटोमोबाइल कम्पनीहरुले पनि विभिन्न प्रकारले सहभागिता जनाउने भएका छन् ।

आईएमई मोटर्सले एनपीएल सिजन २ को पावर पार्टनर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने भएको छ । एनपीएलमा आईएमई मोटर्स अन्तर्गतका लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् ।

पावर पार्टनरको रुपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रुपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ ।

त्यसैगरी ट्राभल पार्टनरको रुपमा अशोक लेल्यान्डले बस लगायतका सवारी साधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडीहरु ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभर समेत कम्पनीले उपलब्ध गराउने छ ।

त्यसैगरी एनपीएल सिजन २ को ड्रिभन बाई पार्टनर ओमोडा एन्ड जेइको रहेको छ । ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई–सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेको छ । एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत ओमोडा जेइको रोबोट डगसँग इन्टर्‍याक्सन गर्न पाउने छन्। 

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

त्यसैगरी एनपीएल २ को आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ रहेको छ ।

सम्बन्धित समाचारहरू

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री...

यस्तो छ ५०० किमी सम्म रेन्ज दिने इलेक्ट्रिक कार ओरा गुड क्याटका सबै भेरिएन्टको विशेषता र मूल्य

यस्तो छ ५०० किमी सम्म रेन्ज दिने इलेक्ट्रिक कार ओरा गुड क्याटका सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ओरा गुड क्याटको तीन...

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं – लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...