एनपीएलको उत्कृष्ट खेलाडीलाई शारडा ग्रुपले ६२ लाख पर्ने ओमोडा ई५ कार उपहार दिने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा ग्रुपले ६१ लाख ९९ हजार रूपैयाँ मूल्य पर्ने ओमोडा ई५ कार प्रदान गर्ने भएको छ ।

‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई यो ब्रान्ड न्यु कार प्रदान गरिने नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरेका छन्। यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम सार्वजनिक गरिएको थिएन। नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको सहकार्यमा शारडा ग्रुपसँग सम्झौता भएको हो।

मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह–प्रायोजकको रूपमा साझेदार रहेको छ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा...

विद्युत प्राधिकरणले एकै पटक सञ्चालनमा ल्यायो ५१ चार्जिङ स्टेसन

विद्युत प्राधिकरणले एकै पटक सञ्चालनमा ल्यायो ५१ चार्जिङ स्टेसन

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...