पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, राजपत्रमा आदेश जारी
काठमाडौं–सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू...
काठमाडौं–नेपाल आयल निगमले देशभरका पेट्रोलियम बिक्रेताहरू (पेट्रोल पम्प) लाई सेवाग्राहीको सुविधा, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न सात दिनको समय दिएर विभिन्न सुधारका कामहरू गर्न कडा निर्देशन दिएको छ ।
निगमको आपूर्ति तथा वितरण विभागले सातै प्रदेशका प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयहरूलाई पत्राचार गर्दै मातहतका बिक्रेताहरूलाई यो निर्देशन दिन र सोको प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको हो ।
निगमले पम्पहरूमा अग्निजन्य जोखिम न्यूनीकरण गर्न आवश्यक पर्ने अग्नि सुरक्षाका साधनहरू सधैँ तयारी र दुरुस्त अवस्थामा राख्न, पम्प परिसरभित्र रहेका शौचालयहरू नियमित रूपमा सरसफाइ गरी सेवाग्राहीका लागि सहज प्रयोगको व्यवस्था मिलाउनु भनेको छ । साथै, स्वच्छ पिउने पानीको व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ ।
यसका अलावा पेट्रोलियम पदार्थको मूल्यसूची स्पष्ट देखिने गरी राख्नुपर्ने र पम्पका क्यानोपीहरू दुरुस्त अवस्थामा हुन, पम्पको सम्पूर्ण संरचनामा रंगरोगन गरी सफा र सुन्दर बनाउनुपर्ने तथा परिसरभित्र हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण लगायतका कार्य गर्न समेत निर्देशन दिएको छ ।
निगमले यी कार्यहरू अनिवार्य रूपमा सात दिनभित्र कार्यान्वयन गर्न बिक्रेताहरूलाई निर्देशन दिन र ती कार्यहरू भए–नभएको अनुगमन गरी त्यसको जानकारी केन्द्रमा पठाउन आफ्ना कार्यालयहरूलाई भनेको छ ।
काठमाडौं–सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू...
कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...