नेक्सन ईभीको चर्चाले ओझेलमा पार्यो टाटाका अन्य मोडलको लोकप्रियता
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही...
मोटरसाइकल स्टार्ट गर्नका लागि किक स्टार्टको सुविधा धेरैले पहिले देखि नै प्रयोग गर्दैै आएको पाइन्छ । यद्यपि पछिल्लो समयमा कम वा बढी दुवै सीसी क्षमताका मोटरसाइकलमा भने किक स्टार्टको सुविधा नभएको पाइन्छ । यी मोटरसाइकलमा इलेक्ट्रिक स्टार्टको सुविधा मात्र हुन्छ ।
लामो समय देखि मोटरसाइकल चढिरहेका राइडरहरुका लागि यो असामान्य लाग्न सक्छ । इलेक्ट्रिक स्टार्ट सम्भव भएन भने किक स्टार्ट गर्न बानी परेकाहरुले त झन् यो धेरै नै असहज महसुस गर्न सक्छन् ।
यद्यपि अब धेरै राइडरहरु इलेक्ट्रिक स्टार्टको मात्र प्रयोग गर्न सहज बन्दै गएका छन् । नयाँ पुस्ताका राइडरहरुका लागि त झन् यो अनिवार्य जस्तै बनेको छ । पछिल्लो समयमा भित्रिएका नयाँ प्रविधि र अन्य कारणले गर्दा किक स्टार्ट बन्द नै हुने अवस्थामा पुगेको छ ।
फ्युल इन्जेक्सन सिस्टम
फ्युल इन्जेक्सन अर्थात एफआई इन्जिन भएका अधिकांश बाइकमा किक स्टार्ट सिस्टम हुँदैन । एफआईमा आधारित इन्जिनमा पम्पबाट सबमर्सिबल पम्पको प्रयोग गरी पेट्रोल पम्प हुन्छ र फ्युल इन्जेक्टरबाट राम्रो थोपाको रुपमा इन्जिनमा पेट्रोल जान्छ । यी इलेक्ट्रिकल कम्पोनेन्ट अपरेसनल नहुँदा सम्म इन्जिनले कार्य गर्दैन । यसका लागि थोरै मात्र भोल्टेज भए पनि पुग्छ । यसकारण नै यी बाइकमा ब्याट्री राम्रो अवस्थामा छैन भने इन्जिनको पर्फमेन्समा असर पुग्छ ।
एड्भान्स्ड सेल्फ स्टार्ट
अधिकांश मोटरसाइकले पावरफुल सेल्फ–स्टार्ट टेक्नोलोजीको प्रयोग गर्छन् । यसकारण पनि अहिलेका मोटरसाइकलमा किक स्टार्ट हुँदैन । एड्भान्स्ड सेल्फ स्टार्ट टेक्नोलोजीमा लामो समय टिक्ने ब्याट्री र बलियो मोटरको प्रयोग गरिएको हुन्छ । कुनै पनि कन्डिसन र मौसममा यस्ता मोटरसाइकललाई स्टार्ट गर्न सकिन्छ ।
सुविधायुक्त
अधिकांश बाइक राइडरहरु इलेक्ट्रिक स्टार्टरबाटै इन्जिन स्टार्ट गर्न रुचाउछन् । क्रुजर मोटरसाइकलमा त झन् अन्य मोटरसाइकलको भन्दा सिट होचो हुन्छ । उनीहरु किक स्टार्ट गर्न असहज मान्छन् । धेरै राइडरहरु खुट्टा तल र माथि गरी किक स्टार्ट प्रयोग गर्न रुचाउदैनन् । यो अवस्थामा सेल्फ–स्टार्ट नै धेरैका लागि सहज हुन्छ ।
लागतमा कमी
धेरै मोटरसाइकल कम्पनीहरुलाई किक स्टार्ट नराख्दा लागतमा समेत कमी ल्याउन सहयोग पुग्छ । यसले गर्दा पैसाको बचत हुन्छ ।
यी विभिन्न कारणले गर्दा हाल किक स्टार्ट नराख्ने र इलेक्ट्रिक स्टार्टको प्रयोग हुने गरी मोटरसाइकल निर्माता कम्पनीहरु अगाडि बढेका छन् । पछिल्लो समयमा इलेक्ट्रिक स्टार्टर लोकप्रिय बन्दै गइरहेको छ ।
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही...
काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...