ट्राफिक कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने
काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालकसँग कारवाहीका लागि लिएका विभिन्न...
सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ ।
मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी समेत गरिसकेको छ । अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयले सूचना निकाल्ने क्रम जारी छ ।
ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।
मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।
सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ ।
कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ ।
काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालकसँग कारवाहीका लागि लिएका विभिन्न...
रसुवा – आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा...
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...