ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००
टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...
काठमाडौं – महंगो र प्रिमियम पिकअपका रुपमा परिचित टोयोटा हाइलक्सको सम्पूर्ण युनिट सोल्ड आउट भएको छ । यो पिकअप खरिद गर्न चाहने ग्राहकले अब कम्तीमा पनि १ महिना कुर्नुपर्ने आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट स्रोतले बताएको छ ।
सिपिङमा देखिएको समस्याका कारण नयाँ लट आउन ढिलाई भएका कारण स्टकमा समस्या देखिएको उक्त स्रोतको भनाइ छ । दशैंअघि बुकिङ लिएर बसेका कतिपय ग्राहकलाई समेत कम्पनीले हालसम्म गाडी डेलिभरी दिन सकिरहेको छैन ।
‘दशैमा डेलिभरी दिने गरी नयाँ लट मगाएको तर सिपिङमा समस्या आएका कारण तोकिएको समयमै डेलिभरी दिन नसकिएको हो’ उक्त स्रोतले भन्यो, ‘विश्वब्यापी रुपमा देखा परेको सेमी कन्डक्टर अभावले भने हालसम्म हाइलक्सको उत्पादनमा समस्या देखिएको छैन ।’ नयाँ लट नोभेम्बर महिनाको अन्तिमसम्ममा आइसक्ने हुँदा यसअघि बुकिङ लिएर बसेका र अहिले तत्कालै बुकिङ लिने ग्राहकलाई समेत सोही समयमा डेलिभरी दिइने उक्त स्रोतको भनाइ छ ।
बलियो, मबजुत र उच्च पर्फमेन्सका कारण महंगो मूल्य पर्ने भएपनि टोयोटा हाइलक्सको माग बजारमा उच्च रहँदै आएको छ । यो पिकअप अन्य सवारीसाधन पुग्न नसक्ने कठिन भौगोलिक बनावटमा समेत सहजै जान सक्ने ग्राहकमाझ विश्वास कायम छ । जसका कारण लामै समय कुरेर भएपनि ग्राहकले हाइलक्स खरिद गर्ने गरेका छन् । नेपाली बजारमा यसको २ हजार ४ सय र २ हजार ८ सय सीसी क्षमताका पिकअप उपलब्ध छन् । जसको मूल्य क्रमशः ९६ लाख र १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ । यी दुई मोडल मध्ये पनि हाल २ हजार ८ सय सीसी मोडल धेरै रुचाइएको छ ।
यस्तो छ टोयोटा हाइलक्स
टोयोटा हाइलक्सका दुई मोडल मध्ये २ हजार ८ सय सीसी क्षमताको हाइलक्समा २७५५ सीसीको डिजेल इन्जिन छ, जसले २०३ बीएचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल गियरबक्स रहेको छ ।
३१० एमएम ग्राउन्ड क्लियरेन्स भएको हाइलक्सको न्यूनतम टर्निङ रेडियस ६.३ मिटर रहेको छ । ५ जना आरामले बस्न सकिने यो पिकअपमा ८० लिटरको इन्धन ट्यांकी छ ।
सुरक्षाका लागि यसमा भेइकल स्टेबिलिटी कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल, ट्रेलर स्वे कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम र एसआरएस एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।
यसरी लिन सकिन्छ
टोयोटा हाइलक्स २.८ लिटरको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकले ५० प्रतिशत सम्म रकम शुरुमा डाउन पेमेन्टको रुपमा बुझाएर बाँकी रकम ८ वर्ष सम्म मासिक किस्ताको रुपमा बुझाउन सकिने सुविधा उपलब्ध छ । ग्राहकले आफ्नो अनुकूलता अनुसारको किस्ता सुविधा रोज्न सक्छन् ।
५० प्रतिशत रकम शुरुमा बुझाउदा ५५ लाख रुपैयाँ बुझाउन सकिन्छ । बाँकी रकमलाई ८ वर्ष सम्म किस्ताको रुपमा तोक्दा ६ प्रतिशत ब्याजदर उपलब्ध हुने बताइएको छ । यसरी ८ वर्ष सम्म मासिक रुपमा करिव ७२ हजार रुपैयाँ बुझाउनु आवश्यक हुन्छ ।
ग्राहकले सहजताको लागि शुरुमै धेरै रकम डाउन पेमेन्टको रुपमा बुझाएर बाँकी रकम आफ्नो अनुकूलता अनुसार थोरै वा बढी वर्षमा बुझाउन सकिने विकल्प पनि उपलब्ध हुन्छ । त्यसैगरी कम्पनी वा कुनै संस्थागत ग्राहकले भने २० प्रतिशत मात्र रकम शुरुमा बुझाएर बाँकी रकम मासिक रुमपा बुझाउन सकिने सुविधा समेत उपलब्ध छ ।
टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...
होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...
टोयोटाले आफ्नो नयाँ पिकअप ट्रक हाइलक्स जनवरी २०२२ मा लन्च गर्न लागेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...