माग प्रशस्तै भएर पनि प्रोडक्टको अभाव नझेलेको इलेक्ट्रिक कार : यस्तो छ कारण

नेपाली बजारमा हाल धेरै ब्रान्डका इलेक्ट्रिक कार भित्रिरहेका छन् । ती मध्ये कतिपय ब्रान्ड र मोडलका कारहरु अहिले ग्राहकले खोजेको समयमै किन्न पाइदैन । टाटा नेक्सन, हुन्डाई आयोनिक ५ र कोना, किया निरो तथा एमजी जेडएस ईभी जस्ता कार अहिले ग्राहकले भनेकै समयमा नपाइने अवस्था छ । यी कार डेलिभरी लिनका लागि केही महिना नै लाग्ने बताइएको छ ।

तर यही सेगमेन्ट बराबरकै बीवाईडी नयाँ ई६ कारको भने त्यस्तो अभाव छैन । अन्तर्राष्ट्रिय बजारमै लोकप्रिय चाइनिज ब्रान्ड बीवाईडीको नयाँ ई६ खोज्ने ग्राहक अहिले पनि प्रशस्तै छन् । गत असोज कात्तिक तिर फेस्टिभ सिजनको समयमा नेपाल भित्रिएको यो कार पनि टाटा, हुन्डाई, एमजीलगायतका कार जस्तै माग धेरै भएको कार हो । तर बीवाईडी ई६ कार लिन चाहनेले भने त्यति लामो समय कुर्नु पर्दैैन ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी सीईओ यमुना श्रेष्ठका अनुसार नेपाली बजारमा २ सय युनिट भन्दा बढी यो गाडी बिक्री भइसकेको छ । त्यसैगरी अहिले कसैले यो गाडी किन्न चाहेमा पनि करिब १५ दिन भित्रै डेलिभरी दिन सकिन्छ ।

श्रेष्ठका अनुसार बीवाईडीको न्यु ई६ को प्रोडक्सन र सप्लाईमा कुनै समस्या छैन । सन् १९९५ मा स्थापना भएको कम्पनी बीवाईडीले ब्याट्री, मोटर, इन्भर्टर, चिपलगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टम आफैले विकास गर्छ । यसले गर्दा विश्वव्यापी रुपमा चिपको अभाव हुँदा पनि बीवाईडीले सो अभावको सामना गर्नु परेन । यसले गर्दा नै नेपाली बजारमा पनि असर नपरेको हो ।

उनका अनुसार बीवाईडी गाडीमा प्रयोग भएको ब्याट्री फिल्डमै प्रमाणित भइसकेको ब्याट्री हो । यो गाडी १० लाख किलोमिटर भन्दा गुडाएर अब्बल प्रमाणित भइसकेको छ । बीवाईडीले ५ लाख किलोमिटर वा ८ वर्ष गुड्दा सम्मको रिप्लेसमेन्ट वारेन्टी दिन्छ । रिप्लेसमेन्ट वारेन्टी पछि पनि ६० प्रतिशत अझै बाँकी छ भनेर वारेन्टी दिन्छ । ६० प्रतिशत क्लेम भएन भने ब्याट्री नै चेन्ज गरिदिन्छ ।

कुनै पनि सवारी साधनको आयु सामान्यतः २० वर्ष मानिन्छ । यसले गर्दा त्यो अवधिमा ग्राहकले चलाउन पाउनु पर्छ र भोलि बेच्दा पनि त्यो मनिको भ्याल्यु आवस् भन्ने सबैको चाहना हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको यसको सेफ्टी हो । बीवाईडीमा प्रयोग भएको ब्लेड ब्याट्री निकै नै सुरक्षित प्रमाणित भइसकेको छ ।

यी सबैका कारण नेपाली बजारमा बीवाईडीका सवारी साधन किन्न चाहनेहरु बढ्दै गएको र यो ब्रान्डप्रतिको विश्वसनियता समेत बढ्दै गएको श्रेष्ठले बताइन् ।

यस्तो छ बीवाईडी न्यु ई६

बीवाईडी न्यु ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । 

यो कार एलईडी डे टाइम रनिङ लाइट र एलईडी रियर कम्बिनेसन ल्याम्पले सुसज्जित छ । यसको इन्टेरियर लेदर सिट र ६–वे एड्जस्टेबल ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट सहित उपलब्ध छ ।

त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान छ ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

नेपाली बजारमा अल न्यु बीवाईडी ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ७ किलोवाट आवरको होम चार्जर समेत उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

३ वर्षमा जिकरले उत्पादन गर्यो ४ लाख युनिट ईभी, नेपालमा एक्स मोडल लोकप्रिय बन्दै

३ वर्षमा जिकरले उत्पादन गर्यो ४ लाख युनिट ईभी, नेपालमा एक्स मोडल लोकप्रिय बन्दै

चिनियाँ अटो निर्माता जिकरले ४ लाख युनिट ईभी उत्पादनको माइलस्टोन हाँसिल...

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...