माग प्रशस्तै भएर पनि प्रोडक्टको अभाव नझेलेको इलेक्ट्रिक कार : यस्तो छ कारण

नेपाली बजारमा हाल धेरै ब्रान्डका इलेक्ट्रिक कार भित्रिरहेका छन् । ती मध्ये कतिपय ब्रान्ड र मोडलका कारहरु अहिले ग्राहकले खोजेको समयमै किन्न पाइदैन । टाटा नेक्सन, हुन्डाई आयोनिक ५ र कोना, किया निरो तथा एमजी जेडएस ईभी जस्ता कार अहिले ग्राहकले भनेकै समयमा नपाइने अवस्था छ । यी कार डेलिभरी लिनका लागि केही महिना नै लाग्ने बताइएको छ ।

तर यही सेगमेन्ट बराबरकै बीवाईडी नयाँ ई६ कारको भने त्यस्तो अभाव छैन । अन्तर्राष्ट्रिय बजारमै लोकप्रिय चाइनिज ब्रान्ड बीवाईडीको नयाँ ई६ खोज्ने ग्राहक अहिले पनि प्रशस्तै छन् । गत असोज कात्तिक तिर फेस्टिभ सिजनको समयमा नेपाल भित्रिएको यो कार पनि टाटा, हुन्डाई, एमजीलगायतका कार जस्तै माग धेरै भएको कार हो । तर बीवाईडी ई६ कार लिन चाहनेले भने त्यति लामो समय कुर्नु पर्दैैन ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी सीईओ यमुना श्रेष्ठका अनुसार नेपाली बजारमा २ सय युनिट भन्दा बढी यो गाडी बिक्री भइसकेको छ । त्यसैगरी अहिले कसैले यो गाडी किन्न चाहेमा पनि करिब १५ दिन भित्रै डेलिभरी दिन सकिन्छ ।

श्रेष्ठका अनुसार बीवाईडीको न्यु ई६ को प्रोडक्सन र सप्लाईमा कुनै समस्या छैन । सन् १९९५ मा स्थापना भएको कम्पनी बीवाईडीले ब्याट्री, मोटर, इन्भर्टर, चिपलगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टम आफैले विकास गर्छ । यसले गर्दा विश्वव्यापी रुपमा चिपको अभाव हुँदा पनि बीवाईडीले सो अभावको सामना गर्नु परेन । यसले गर्दा नै नेपाली बजारमा पनि असर नपरेको हो ।

उनका अनुसार बीवाईडी गाडीमा प्रयोग भएको ब्याट्री फिल्डमै प्रमाणित भइसकेको ब्याट्री हो । यो गाडी १० लाख किलोमिटर भन्दा गुडाएर अब्बल प्रमाणित भइसकेको छ । बीवाईडीले ५ लाख किलोमिटर वा ८ वर्ष गुड्दा सम्मको रिप्लेसमेन्ट वारेन्टी दिन्छ । रिप्लेसमेन्ट वारेन्टी पछि पनि ६० प्रतिशत अझै बाँकी छ भनेर वारेन्टी दिन्छ । ६० प्रतिशत क्लेम भएन भने ब्याट्री नै चेन्ज गरिदिन्छ ।

कुनै पनि सवारी साधनको आयु सामान्यतः २० वर्ष मानिन्छ । यसले गर्दा त्यो अवधिमा ग्राहकले चलाउन पाउनु पर्छ र भोलि बेच्दा पनि त्यो मनिको भ्याल्यु आवस् भन्ने सबैको चाहना हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको यसको सेफ्टी हो । बीवाईडीमा प्रयोग भएको ब्लेड ब्याट्री निकै नै सुरक्षित प्रमाणित भइसकेको छ ।

यी सबैका कारण नेपाली बजारमा बीवाईडीका सवारी साधन किन्न चाहनेहरु बढ्दै गएको र यो ब्रान्डप्रतिको विश्वसनियता समेत बढ्दै गएको श्रेष्ठले बताइन् ।

यस्तो छ बीवाईडी न्यु ई६

बीवाईडी न्यु ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । 

यो कार एलईडी डे टाइम रनिङ लाइट र एलईडी रियर कम्बिनेसन ल्याम्पले सुसज्जित छ । यसको इन्टेरियर लेदर सिट र ६–वे एड्जस्टेबल ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट सहित उपलब्ध छ ।

त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान छ ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

नेपाली बजारमा अल न्यु बीवाईडी ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ७ किलोवाट आवरको होम चार्जर समेत उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...