आजदेखि निषेधाज्ञा थप कडाइ
काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
‘आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णय गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले न्युज कारखानासँग भनिन्, ‘भोलीबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेका छौँ ।’
कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भए पनि निजी सवारी साधनमा भने हटाएको थिएन । आज बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सीसीएमसीको आजको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरू फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न सिफारिस गरेको छ ।
यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।
सीसीएमसीले जिल्लाहरूले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ ।
काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...
विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा विभिन्न देशले आफ्ना...
काठमाडौँ — काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...