यी सवारी साधनलाई जोर विजोर प्रणाली लागू नहुने

काठमाडौं – काठमाडौं उपत्यकामा आज रातीदेखि जोर विजोर प्रणाली अनुसार सवारी साधन सञ्चालन हुँदैछ । यस अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) जिल्ला भित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।

यद्यपि केही सवारी साधनलाई यो नियम लागू नहुने गरी सवारी साधन सञ्चालन सम्बन्धमा आज थप स्पष्टता सहितको जानकारी सार्वजनिक भएको छ । यस अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन आदिलाई यो नियम लागू हुने छैन ।

त्यसैगरी विभिन्न प्रकारका ढुवानीमा प्रयोग हुने सवारी साधन, परिचय पत्रको आधारमा विभिन्न निकायका कर्मचारी र पत्रकारहरुका लागि सवारी साधन सञ्चालन गर्न पाइने नियम छ ।

त्यसैगरी सरकारी र कुटनैतिक नियोगका सवारी साधन पनि निर्वाध रुपमा चल्न पाउने छन् ।

सम्बन्धित समाचारहरू

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी...

सांसद बस्नेतले हस्तान्तरण गरे नगरपालिकालाई एम्बुलेन्स, कोभिड विरामी ओसार्न सहयोग पुग्ने

सांसद बस्नेतले हस्तान्तरण गरे नगरपालिकालाई एम्बुलेन्स, कोभिड विरामी ओसार्न सहयोग पुग्ने

भक्तपुर । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान...

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितहरुको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...