फागुनमा ह्वात्तै घट्यो विद्युतीय गाडीको आयात, ८ महिनामा भित्रिए ६,४३५ विद्युतीय गाडी

गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात ह्वातै घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन महिनामा २७६ वटा मात्रै विद्युतीय गाडी भित्रिएका हुन ।

व्यवसायीहरुले गत महिना ल्याएकै गाडी बिक्री गर्न नसकेपछि कम परिमाणमा गाडी ल्याएको जनाएका छन ।

चालु आर्थिक वर्षको आठ महिनामा ६ हजार ४३५ विद्युतीय गाडी कार,जीप र भ्यान) आयात भएका छन्। जुन गत आवको सोही अवधिमा भने २.९२ गुणा अर्थात् १९२.७६ प्रतिशत बढी हो। गत आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए। भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो।

अहिले नेपालमा मासिक औसत ८०४ वटा विद्युतीय गाडी भित्रने गरेको विभागको तथ्याङ्कले देखाउँछ। तर, फागुनमा भने ज्यादै न्यून आयात भएको छ। फागुनमा २७६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। गत माघमा पनि कुल २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरका १ हजार ५२ वटा ईभी आयात भएको थियो।

गत पुसमा भने यो वर्षकै उच्च आयात भएको छ । सो महिनामा कुल ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, गत असोजमा पनि औसतभन्दा बढी १ हजार २३७ वटा आयात भएको थियो । विभागका अनुसार मंसिरमा पनि ८९९ वटा, कात्तिकमा ६५२, भदौमा ७८८ र साउनमा ११० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

नेपालमा सबैभन्दा धेरै चीनबाट ईभी आयात हुने गरेको छ । आठ महिनाका चीनबाट ३ हजार ९६९ विद्युतीय सवारी आयात भएको छ। चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँ बरारबको ईभी आयात भएको छ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट पनि विद्युतीय सवारीको आयात उच्च देखिएको छ । भारतबाट ८ महिनामा ४ अर्ब ५९ करोड ७६५ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा ईभी नेपाल भित्रिएका छन् । यता, कोरियाबाट २४ करोड ४८ लाख रुपैयाँ बराबरको ४२ वटा, जर्मनबाट ७ वटा, अमेरिकाबाट ३ वटा र इन्डोनेसियाबाट ३४ वटा ईभी आयात भएका छन्।

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन्। नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन्। नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

सम्बन्धित समाचारहरू

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

काठमाडौं– विश्वको अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलले नयाँ ब्याट्री...

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...