लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको छपाई सम्बन्धी जानकारी नआउँदै कार्यालयमा नजान अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले आधिकारिक माध्यममार्फत लाइसेन्स छपाई तथा वितरण प्रक्रियाबारे जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको हो ।

ड्राइभिङ लाइसेन्स छापिए पछि यस सम्बन्धी जानकारी सम्बन्धित व्यक्तिलाई मोबाइलको एसएमएस, विभागको वेबसाइट र यातायात व्यवस्था विभागको फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ मार्फत गराइने विभागले बताएको छ ।

नेपालको संविधान र कार्य विस्तृतिकरण प्रतिवेदनअनुसार लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने तथा रद्द गर्ने अधिकार प्रदेश सरकारअन्तर्गत रहेका कार्यालयहरूमा रहेपनि हाल यातायात व्यवस्था विभागले नै छपाई कार्य गरिरहेको छ ।

विभागले परीक्षार्थी उत्तीर्ण भएपछि उनीहरूको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

यस्तो छ सूचना :

सम्बन्धित समाचारहरू

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...