तीन साता देखि लाइसेन्सको आवेदन ठप्प, सेटिङ रोक्न ‘एडीटीटी’ प्रविधि लागु गर्ने तयारीमा विभाग

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र लिन चाहने सेवाग्राहीले विगत तीन साता यता नयाँ आवेदन नै दिन पाएका छैनन् । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन नपाएका हुन् ।

वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन पाएका छैनन् ।

यातायात व्यवस्था कार्यालय चाबहिल, ठुलोभ-याङ, एकान्तकुना, ललितपुर र राधेराधे भक्तपुरले प्रयोग गर्ने निजी क्षेत्रले सञ्चालन गरेका ट्रायल सेन्टर गत जेठ ३ देखि बन्द छन् । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ बमोजिम उक्त ट्रायल सेन्टरहरू सञ्चालन नभएको भन्दै राष्ट्रिय सर्तकता केन्द्रले बन्द गर्न निर्देशन दिएको थियो । अहिले दैनिक नयाँ लाइसेन्सको माग दुई हजार बढी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

छिट्टै नै ट्रायल सेन्टर खोलेर रोकिएका ट्रायललाई नियमित गरिने यातायात व्यवस्था विभागको भनाइ छ । अहिलेसम्म सरकारबाट सञ्चालित आफ्नै ट्रायल सेन्टर भने छैन । निजी क्षेत्रकै भर पर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण सवारी साधन चलाउन सिक्दा चर्को रकम असुल्ने गरेको गुनासो सेवाग्राहीबाट आउने गरेको छ ।

ट्रायलमा हुने गरेको सेटिङ रोक्न ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक) प्रविधि आवश्यक रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यो प्रविधि लागू गर्न विभागले वाग्मती प्रदेशको यातायात मन्त्रालयलाई जेठ ८ मा पत्र लेखेर पठाइसकेको छ । यो प्रविधि लागू गर्न सकिए ट्रायलमा हुने विकृति रोक्न सकिने दाबी विभागको छ ।

सम्बन्धित समाचारहरू

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक...

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि...

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

काठमाडौ- । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...