राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै, अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने

काठमाडौँ —राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गर्ने तयारी गरेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोजन पनि सकिने भएको छ । यस अनुसार अब लाइसेन्स बोक्नु पर्ने झन्झट हट्ने छ भने सबैले राष्ट्रिय परिचयपत्र भने अनिवार्य बोक्नुु पर्नेछ ।

अब सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए/नभएको बारे पत्ता लगाउने छ । यस अनुसार अब लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका छन् ।

रिजालका अनुसार अब लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी–पत्रमा हस्ताक्षर (एमओयू) हुँदैछ । त्यही एमओयूमा लाइसेन्सको प्रयोग सम्बन्धी व्यवस्थाहरु उल्लेख हुने छन् ।

यसका लागि दुवै विभागले आपसी सहकार्य र समन्वयमा प्रणाली (सिस्टम) को विकास गर्ने छन् । राष्ट्रिय परिचयपत्र नम्बर वा छुट्टै जारी गरिएको क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने सिस्टमको स्थापना, परिक्षण र सञ्चालन गरिने छ र यसको तयारी भइसकेको छ । यसरी लाइसेन्स चेक गर्नका लागि आवश्यक पर्ने मोबाइल डिभाइसहरू पनि उपलब्ध हुनेछ ।

राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा (इ–सर्भिस) प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रको बुँदा नम्बर १२ मा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट जारी भएको राष्ट्रिय परिचयपत्रलाई सवारीचालक अनुमतिपत्रको रूपमा प्रयोग गर्ने व्यवस्था यातायात व्यवस्था विभागले गर्नेछ’ भन्ने उल्लेख छ । यससँगै अब राष्ट्रिय परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्न मार्गप्रशस्त भएको छ । ‘यो समझदारीले लाइसेन्सको जटिल समस्या हल हुने दिशामा गएको छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘अब यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी डाटाबेस व्यवस्थापन मात्र गर्छ ।’ 

मन्त्रिपरिषद्को गत २३ जेठको बैठकले परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्नेसम्बन्धी निर्णय गरिसकेको थियो । यसपछि यही ३ साउनमा दुई विभागबिच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । यिनै आधारमा दुवै विभाग मिलेर राष्ट्रिय परिचयपत्रमा नै लाइसेन्स आबद्ध गरिसकेका छन् । लाइसेन्स परीक्षणका लागि ट्राफिक प्रहरीले प्रयोग गर्ने सफ्टवेयर पनि तयार भइसकेको छ । 

दुवै विभागले पारस्परिक सहकार्य गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी लाइसेन्सको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीको विकास, परीक्षण तथा सञ्चालन गर्नुपर्ने समझदारीमा उल्लेख छ । जुन प्रणाली विकास भइसकेको छ । यसै प्रणालीबाट अब ट्राफिक प्रहरीले सवारीचालकको परीक्षण गर्नेछन् । प्रणालीले काम गरे/नगरेको रेखदेख तथा अनुगमन गर्ने र समझदारी कार्यान्वयन गर्ने क्रममा देखापरेका प्राविधिक विषयहरू संयुक्त रूपले सम्बोधन गर्न दुवै विभागबाट दुई/दुईजना सदस्य (निर्देशक) रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने पनि समझदारीमा उल्लेख छ ।  

यसैगरी, अब यातायात व्यवस्था विभागले लाइसेन्स जारी तथा सवारीसाधनको दर्ता गर्दा निवेदकहरूको पहिचानको प्रमाणीकरण पञ्जीकरण विभागले सञ्चालन गरेको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआइडिएमआइएस) मार्फत उपलब्ध हुने विद्युतीय सेवाहरूको आधारमा गर्नेछ । त्यसका लागि परिचयपत्र विभागले एनआइडिएमआइएसमार्फत यातायात व्यवस्था विभागको आवश्यकताअनुसार विभिन्न सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । ती सेवाहरूमा नागरिकको जनसांख्यिक विवरणको प्रमाणीकरण गर्ने, नागरिकहरूको तथ्यांक विवरण उपलब्ध गराउने र बायोमेट्रिकको प्रमाणीकरण गरी नागरिकको तथ्यांक र विवरण उपलब्ध गराउनेलगायतमा समझदारी भएको छ । 

अहिले सबै प्रक्रिया पूरा गरिसकेका १६ लाख सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी छ । नयाँ प्रक्रिया प्रारम्भ भए पछि यी १६ लाख सेवाग्राही मात्र नभई सबै ५६ लाख लाइसेन्स प्रयोगकर्ताहरूलाई सहज हुनेछ ।

सम्बन्धित समाचारहरू

अब ट्रायल पास भएको १० मिनेटमै लाइसेन्स

अब ट्रायल पास भएको १० मिनेटमै लाइसेन्स

काठमाडौं – सवारी साधन अनुमतिपत्र (लाइसेन्स) अब छोटो समयमै वितरण गरिने...

इम्बोस्ड नम्बर प्लेट वारेमा विभागको प्रस्टोक्ति : साउन १ देखि सबैलाई कारवाही गरिने होइन

इम्बोस्ड नम्बर प्लेट वारेमा विभागको प्रस्टोक्ति : साउन १ देखि सबैलाई कारवाही गरिने होइन

काठमाडौं – २०७८ कार्तिकमा प्रकाशित सूचना अनुसार तीव्र गतिमा हुनु पर्ने...

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’  परीक्षा पुनः सञ्चालन हुँदै

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’  परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...