अब ट्राफिक प्रहरीले कुनै पनि चालकको चाबी खोस्न नपाउने

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा कुनै पनि चालकको चाबी खोस्न अब नपाउने भएका छन् । गत कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध विवेक चौधरीले रिट दायर गरेका थिए । उनले सवारी चालकको चाबी खोस्ने कार्यले व्यक्तिको निजी सम्पत्तिमा हस्तक्षेप गर्ने र संविधानको धारा १६ र १७ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने तथा स्वतन्त्रताको अधिकारको उल्लङ्घन हुने बताएका थिए ।

सोही रिटको वारेमा न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले चालकको चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४  प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको  प्रावधान रहेको छ । र दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार छ । तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेको रिट निवेदनमा उल्लेख थियो ।

बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा  र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्ने दाबी रिटमा गरिएको थियो । 

यो कार्य स्वतः रूपमा नेपालको संविधानको धारा १६ को विपरीत हुन्छ, जसले सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ। यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जान्छ भनेर रिटमा दाबी गरिएको थियो । 

रिट निवेदकले उठाएको विषयवस्तुका सम्बन्धमा अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै इजलासले ट्राफिक प्रहरीलाई नियमानुसार प्रक्रिया गर्न आदेश दिएको थियो । त्यसपछिको सुनुवाइमा उच्चले रिट खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको हो ।

सवारी जाँचको क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्ने कार्य गरेका धेरै दृश्य देखिन्छन् । यो कार्य विवादित समेत बन्दै आएको थियो ।

सम्बन्धित समाचारहरू

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना...

अर्को महिना देखि रेल चलाइने, देउवा र मोदीद्वारा उद्घाटनको तयारी

अर्को महिना देखि रेल चलाइने, देउवा र मोदीद्वारा उद्घाटनको तयारी

धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला...

डेढ वर्षपछि भेटियाे त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स

डेढ वर्षपछि भेटियाे त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स

काठमाडौं – त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...