सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना संक्रमण देखिएको छ । शुरुमा १ जनामा संक्रमण देखिए पनि कन्टयाक्ट ट्रेसिङ गर्दा थप १५ जनामा पोजेटिभ देखिएको आयोजनाले जनाएको छ ।

कामदारमा कोरोना देखिएपछि कार्यस्थलमै आइसोलेशन बनाएर राखिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार अक्सिजन सिलिण्डरसहति आइशोलेशन वार्ड बनाइएको छ भने मेडिकल टिम समेत तयारी अवस्थामा राखिएको छ ।

१६ जनामा कामदारमा कोरोना देखिए पनि अन्य कामदारले निरन्तर काम गरिरहेको शाक्यले बताए ।

निषेधाज्ञाका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम जारी राखिएको छ । अहिले निर्माणस्थलमा ६५० जना कामदार छन् ।

१२/१२ घण्टाको दुई सिफ्ट गरेर सुरुङ खन्ने काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक शाक्यले जानकारी दिए । क्याम्पमा दैनिक ज्वरो नाप्ने, मास्क, सेनिटाइजर प्रयोग गर्नेलगायत सबै काम भएको उनको भनाइ छ ।

अहिले धादिङतिर मुख्य सुरुङ ६४ मिटर र आपत्कालीन उद्धार (स्केप्ट टनेल सुरुङ) ६७ मिटर खनिसकिएको छ । काठमाडौंतर्फ मुख्य सुरुङ ५० मिटर र आपत्कालीन सुरुङ १६६ मिटर खनिसकिएको छ । ‘अहिलेसम्म सबै गरेर मुख्य सुरुङ ११४ मिटर र आपत्कालीन सुरुङ २३३ मिटर खनिसकिएको छ,’ उनले भने ।

काठमाडौंतर्फ नै तीन वटा बक्स कल्भर्ट निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन छन् । सुरुङको मुखमा ओभरपास निर्माणको काम पनि भइरहेको छ । धादिङततर्फ पनि अन्डरपास निर्माण सुरु भएको शाक्यले जानकारी दिए । ‘धादिङतर्फ सुरुङको मुखमा अन्डरपास निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यसको काम सकिसकेपछि चार ठाउँबाट सुरुङ खन्छौं ।’ अहिले तीन ठाउँबाट मात्र खनिएको छ । काठमाडौंमा २ र धादिङमा पालैपालो मुख्य र आपत्कालीन सुरुङ खन्ने गरिएको छ ।

जापानिज कम्पनी हाज्मा एन्डोले निर्माणको जिम्मा लिएको छ । २ दशमलव ६८ किलोमिटर दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

सम्बन्धित समाचारहरू

बालबालिकाको सुरक्षित विद्यालय यात्रा: ५ जीवनरक्षक सावधानीहरू

बालबालिकाको सुरक्षित विद्यालय यात्रा: ५ जीवनरक्षक सावधानीहरू

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै देशभरका विद्यालयहरूमा नयाँ उत्साह, उमङ्ग...

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

भीआईपी सवारीका कारण आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध

भीआईपी सवारीका कारण आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध

भीआईपी सवारीका कारण बुधबार पनि काठमाडौंका सडकमा यातायात प्रभावित हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...