अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अङ्ग्रेजी नयाँ वर्ष शुरु हुन अव जम्मा ९ दिनमात्र वाँकी छ । यो अवधिमा पहिलो पटक टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले एक्सचेन्ज अफर ल्याएको छ । अफर अन्तर्गत विभिन्न एक्सचेन्ज बोनस र छुट उपलब्ध गराइने बताइएको छ ।

तर अन्य कम्पनीहरुले भने अहिले सम्म खासै स्किम सार्वजनिक गरेका छैनन् । अघिल्ला वर्षहरुमा नयाँ मोटरसाइकल र कार खरिद गर्नेलाई लक्षित गरी विभिन्न कम्पनीहरुले स्किम र अफर सार्वजनिक गर्थे । तर यसपटक यस्तो अफर नआउने सम्भावना बढेको छ । नयाँ वर्षलाई लक्षित गरी हालसम्म कुनैपनि कम्पनीले अफर घोषणा नगरेका कारण यस्तो सम्भावना बढेर गएको हो ।

लामो समयदेखि कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यान तथा १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लगाइएका कारण विगत ८ महिनायता यस्ता सवारी नेपाल आउन सकिरहेका छैनन् । जसका कारण प्रतिवन्धको मारमा परेका सवारीसाधनको अभाव बजारमा कायमै छ । सरकाले पुस १ गतेबाट लागु हुनेगरी प्रतिवन्ध हटाए पनि लामो समयसम्म रोकिएका सवारीको आयत सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ ।

अर्कोतर्फ वैंक तथा वित्तीय संस्थाले अटोलोनमा कडाई गरिनै रहेका छन् भने लोन पाइहाले पनि ब्याजदर आकासिएको छ । यसले बजारमा मौजुद रहेका सवारी साधनको बिक्री समेत प्रभावित बनिरहेको छ । जसका कारण अहिले एकाध व्राण्डको इलेक्ट्रिक कार वाहेक प्रायः सवैजसो सेग्मेन्टका सवारी साधनको बिक्री प्रभावित बनिरहेको छ ।

बजारमा सवारीसाधन खरिद गर्ने ग्राहक नै नभेटिनु, भेटिएपनि अटो लोन पाउन कठिन र उच्च ब्याजदर जस्ता समस्याका कारण अहिले अटोबजार चरम मन्दीको अबस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा अफर र स्किम ल्याइए पनि खासै उपलव्धिमूलक नहुने देखेपछि व्यवसायी यो नयाँ वर्षमा अफर नल्याउने मुडमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता...

टोयोटाले ल्यायो ३०४ एचपी पावर भएको कोरोला जिआर

टोयोटाले ल्यायो ३०४ एचपी पावर भएको कोरोला जिआर

टोयोटाले शक्तिशाली इन्जिन जडान गरेर कोरोला जिआर ल्याएको छ । यो कारमा १.६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...