अटोमोबाइल व्यवसायी र ग्राहक दुवैका लागि निरस दशै

यो वर्ष गाडी वा मोटरसाइकल किन्न चाहने ग्राहकले रोजे अनुसारका गाडी वा मोटरसाइकल किन्न पाएनन् । गत बैशाख महिना देखि नै आवश्यक मात्रामा सवारी साधन भित्र्याउन नसकेका व्यवसायीहरुका लागि दशै सम्म नै यही कार्यले निरन्तरता पायो ।

बैंकहरुमा भएको तरलता अभाव मात्र होइन, मानिसहरुको क्रयशक्ति समेत घट्दै गएको अवस्थामा बजारमा माग अनुसारका सवारी साधन नहुँदा दशैं निरस बनेको छ । विगतका वर्षहरुमा दशैको समयमा नयाँ सवारी साधन किन्ने चलन नै भएकाले शोरुमहरुमा भिड नै देखिन्थ्यो । तर यो पटक त्यस्तो चहलपहल नै भएन ।

वार्षिक रुपमा हुने सवारी बिक्री मध्ये नाडा अटो शो देखि फेस्टिभ सिजन सम्म करिव ४० देखि ४५ प्रतिशत सेल्स हुने गरेको इतिहास छ । बाँकी करिब ६० प्रतिशत व्यवसाय ९ महिनामा हुने हो । हाल असोज २८ सम्मका लागि नै आयात प्रतिबन्धको अवस्था छ । केही समय पहिले सम्म नाडा ईभी एक्सपो २०२२ ले इलेक्ट्रिक सवारी साधनको व्यवसायमा मलजल गर्ने प्रयास गरे पनि अपेक्षित कारोबार भएन । कम्बसन इन्जिनबाट चल्ने सवारी साधनका लागि त झन् समस्या नै भयो ।

नाडा अध्यक्ष ध्रुव थापा भन्छन्, ‘विगत मंसिर यता विभिन्न परिस्थितिले मन्दी आएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउने भनेर विभिन्न व्यवस्था गरिरहेको छ । जोखिम भार ७५ बाट १५० पुगेको छ । पहिले ५ प्रतिशत मात्र मार्जिन रहेकोमा त्यसलाई ५० प्रतिशत बनाइयो । त्यसैगरी सवारी साधनका लागि ५० प्रतिशत मात्र फाइनान्स गर्न सकिने व्यवस्था गरिएको छ । त्यही बीचमा निजी गाडी र मोटरसाइकलको आयातमा जुन प्रतिबन्ध लगाइयो, यसले गर्दा त झन् व्यवसाय नै धराशायी हुने अवस्था आएको छ ।’

अटोमोबाइल व्यवसायीहरुले आफ्ना सवारी साधन बिक्री गर्ने र ग्राहकले किन्ने मौसममा यस पटक दुवै पक्षले फाइदा लिन सकेनन् । भनेको मोडल ग्राहकले पाउन सकेनन् भने व्यवसायीले पनि भित्र्याउन सकेनन् । यसले गर्दा दुवै पक्षका लागि यो वर्षको दशै निरस बन्न पुगेको छ ।

सम्बन्धित समाचारहरू

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं–जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८०...

ईभीमा कर्जा दिन बैंकबीच प्रतिस्पर्धा, नविल र एभरेष्ट बैंकको ब्याजदर कम

ईभीमा कर्जा दिन बैंकबीच प्रतिस्पर्धा, नविल र एभरेष्ट बैंकको ब्याजदर कम

बजारमा ईभीको माग बढेसँगै बैंकहरुले कर्जा प्रवाहलाई समेत खुकुलो बनाउन...

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

काठमाडौं – यही फागुन १ देखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने सुविधा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...