निर्माणाधीन नागढुंगा सुरुङ मार्गमा पैदलयात्री देखि यस्ता सवारी साधनलाई प्रवेश निषेध

निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा विभिन्न प्रकारका सवारी साधनको प्रवेश निषेध गरिएको छ। यातायात व्यवस्था विभागले जारी गरेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरक्षा, दक्षता र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै विशेष खालका सवारी साधनलाई सुरुङ प्रयोगमा रोक लगाइएको हो।

निर्देशिका अनुसार पैदलयात्री, दुई पांग्रे र तीन पांग्रे सवारी, साथै मोटरविहीन साधनहरू (जस्तै साइकल, ठेला, गाडा आदि) लाई सुरुङभित्र प्रवेश गर्न पाइने छैन।

त्यसैगरी, अत्यधिक जोखिमयुक्त मालसामान बोक्ने सवारीहरूलाई पनि निषेध गरिएको छ। यसमा पेट्रोल, डिजेल, मट्टीतेल, ग्यासजस्ता प्रज्वलनशील पदार्थ, तथा विस्फोटक सामग्री बोक्ने सवारीहरू समावेश छन्।

नेपाल रोड स्ट्यान्डर्ड (२०७०) अनुसार निर्धारित लम्बाइ, चौडाइ र उचाइभन्दा ठूला सवारी साधनहरू (१८ मिटरभन्दा लामो, २.५ मिटरभन्दा चौडा र ४.७५ मिटरभन्दा अग्ला) को प्रवेशमा समेत रोक लगाइएको छ। त्यसैगरी, विभागबाट जारी गरिएको भारवहन सम्बन्धी निर्देशिका अनुसार तोकिएको सीमाभन्दा बढी भार बोकेका सवारीले पनि सुरुङ प्रयोग गर्न पाउने छैनन्।

सुरक्षा दृष्टिकोणले हातहतियार बोकेका सवारी साधनहरू, सुरक्षा निकाय बाहेक, सुरुङ मार्ग प्रयोग गर्न रोक लगाइएको छ। साथै, दुर्गन्धित, गन्हाउने वा कुहिएका मालसामान, तथा प्रचलित कानूनअनुसार निषेधित सामग्री बोकेका सवारी साधनलाई पनि प्रवेश अनुमति नदिइने जनाइएको छ।

यद्यपि, सरकारी निर्णयअनुसार विशेष अवस्थामा सुरुङ प्रयोगको अनुमति दिन सकिने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ।

निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा अब सवारी साधनले अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गति मात्र तोकिएको छ । आवश्यकताअनुसार विभागले यसभन्दा कम गतिसीमा पनि सवारी चलाउने व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ।

नेपालमा सडक सञ्जालमा पहिलोपटक सुरुङ मार्गको प्रयोग हुन लागेको नागढुंगा–सिस्नेखोला मार्ग जापान सरकारको जाइकाको सहुलियतपूर्ण ऋणमार्फत निर्माणाधीन छ। विसं २०७६ मा सुरु भएको निर्माण कार्य चालु असोजसम्म सम्पन्न गर्ने लक्ष्यसाथ अघि बढाइएको छ भने पुस महिनाबाट सवारी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

सम्बन्धित समाचारहरू

कर्णालीमा हालसम्म ३०२ किलोमिटर सडक कालोपत्र

कर्णालीमा हालसम्म ३०२ किलोमिटर सडक कालोपत्र

कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा...

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौँ – महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई...

यी हुन् विश्वमा सबैभन्दा ठूलो सडक सञ्जाल भएका पाँच देश, भारत दोस्रो स्थानमा

यी हुन् विश्वमा सबैभन्दा ठूलो सडक सञ्जाल भएका पाँच देश, भारत दोस्रो स्थानमा

सडक सञ्जाल कुनै पनि देशको भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिको मेरुदण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...