सेमी कन्डक्टर अभावले टाइगुनको उत्पादनमा असर नगर्ने, मासिक ५ हजार एसयूभी बिक्री गर्ने लक्ष्य

सवारीसाधन उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने कम्प्युटरमा आधारित सानो चिप्स अर्थात सेमी कन्डक्टरको अहिले विश्वब्यापी रुपमा अभाव भैरहेको छ । माग बमोजिम आपूर्ति हुन नसकेका कारण विश्वका अधिकांश अटो उत्पादकहरुले आफ्नो उत्पादन नै कम गर्न थालिसकेका छन् ।

विश्वका अन्य राष्ट्रको तुलनामा भारतमा यसको अभाव झनै बढी देखिएको छ । जसका कारण भारतमा महिन्द्रा लगायत कम्पनीहरुले आफ्नो उत्पादन कटौती गर्नुपर्ने बताइसकेका छन् । यस्तोमा विश्वप्रख्यात जर्मन ब्रान्ड फक्सवागनले भने हाल भारतीय बजारमा देखापरेको सेमी कन्डक्टर अभाबले आफ्नो उत्पादन लाइनमा कुनै असर नपुग्ने बताएको छ ।

फक्सवागनले विगत १ बर्षदेखि नै सेमी कन्डक्टर अभावको सामना गर्दै आइरहेपनि भारतमा टाइगुनको उत्पादनमा भने यसले कुनै असर नगर्ने कम्पनीका ब्रान्ड डाइरेक्टर आशिस गुप्ताले बताएका छन् ।

मासिक ५ हजार थान टाइगुन एसयूभी बिक्री गर्ने लक्ष्य लिएको कम्पनीले उक्त लक्ष्य हासिल गर्न सम्पूर्ण तयारी पुरा गरेको उनको दाबी छ । ‘अहिले बजारमा ४० प्रतिशतसम्म सेमी कन्डक्टरको अभाव छ । यसले गर्दा सबैजसो उत्पादक कम्पनीलाई आफ्नो उत्पादन कटौती गर्नुपर्ने अवस्था सिर्जना भएपनि हामीले भने टाइगुनका लागि आवश्यक यस्तो उपकरणको प्रबन्ध मिलाएका छौ’ उनले भने ।

महत्वाकांक्षी योजना सहित भारतीय बजारमा टाइगुन एसयूभी सार्वजनिक गर्न गैरहेका कारण आफूहरुलाई प्रिन्सिपल कम्पनीदेखि विश्वभर छरिएर रहेका अन्य साझेदार कम्पनीहरुले सहयोग गर्ने गुप्ताको दाबी छ । उनका अनुसार फक्सवागन आफैमा एउटा ग्लोबल अर्गनाइजेसन भएका कारण टाइगुनको उत्पादनमा आवश्यक पर्ने यस्ता पार्ट्सको जोहो गर्न सबैले सहयोग गर्नेछ ।

भारतीय बजारम बहुप्रतीक्षित बनेको टाइगुन यही महिनाको २३ तारिखका दिने लन्च हुँदै छ । भारतमा लन्च गरिएलगत्तै नेपाली बजारमा समेत औपचारिक लन्च गर्दै ग्राहकलाई यो एसयूभी डेलिभरी दिने नेपालस्थित बिक्रेता पुजा इन्टरनेसनलले यसअघि नै बताइसकेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिने प्रतीक्षामा अब फक्सवागन टाइगुन, कति पर्ला मूल्य ?

नेपाल भित्रिने प्रतीक्षामा अब फक्सवागन टाइगुन, कति पर्ला मूल्य ?

काठमाडौं – जर्मन अटो मेकर फक्सवागनको बहुप्रतीक्षित टाइगुन एसयूभी भदौ...

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक...

फक्सवागन टाइगुन बन्यो सबैभन्दा सुरक्षित एसयूभी, दुर्घटना परीक्षणमा पायो ५ स्टारको रेटिङ

फक्सवागन टाइगुन बन्यो सबैभन्दा सुरक्षित एसयूभी, दुर्घटना परीक्षणमा पायो ५ स्टारको रेटिङ

फक्सवागन टाइगुनको हालै ल्याटिन एसीएपीद्वारा गरिएको सेफ्टी रेटिङमा ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...