यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा पहिलेकै कर संरचनालाई निरन्तरता दिएको छ । यो सेग्मेन्टका कारमा यसअघि १० प्रतिशत भन्सार शुल्क लाग्दै आइरहेकोमा यसलाई नै निरन्तरता दिइएको हो । जसका कारण यो सेग्मेन्टका कारको मूल्यमा कुनै परिवर्तन नहुने देखिएको छ ।

नेपाली बजारमा अहिले १ सय वाट क्षमतासम्मको मोटर जडित चल्तिका इलेक्ट्रिक कार टाटा, बीवाईडी र हुन्डाईसँग मात्र उपलब्ध रहेको छ । त्यसैगरी सीजी मोटर्सले बिक्री शुरु गर्न लागेको नेटा भी पनि यही रेन्जमा पर्ने देखिन्छ । यो गाडीमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । आगामी आइतवार औपचारिक लन्च गर्ने भनिएको यो कारको मूल्य ३८ लाख हाराहारी पर्ने आँकलन गरिएको छ ।

टाटाले बिक्री गर्दै आइरहेको नेक्सन ईभीमा ९५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको मूल्य अहिले ३७ लाख देखि ४१ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । त्यसैगरी टिगोर ईभीमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ र यो कारको मूल्य ३० लाख देखी ३३ लाख रुपैयाँसम्म पर्छ ।

बीवाईडीले बिक्री गर्दै आइरहेको नयाँ ई६ मोडलमा ७० किलोवाट आवर क्षमताको मोटर जडान गरिएको छ । यो कारलाई ५७ लाख ५० हजार रुपैयाँमा बिक्री गरिँदै आएको छ । यसैगरी हुन्डाई कोनाको एउटा भेरिएन्टमा १ सय किलोवाट क्षमताको मोटर जडान भएको छ । यो कारलाई ५७ लाख ९६ हजार रुपैयाँमा बिक्री गरिँदै आएको छ । बीवाईडीले नेपाल ल्याउने तयारी थालेको एटो३ मा भने ३० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार दर बढ्ने देखिएको छ । यो गाडीमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

यी वाहेक दिगो ई८ र सिटी स्प्रिटमा १५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यी कारको मूल्य क्रमशः २२ लाख र १९ लाख रुपैयाँसम्म तकिएको छ । यी कारलाई पनि बजेटमा थप भएको करले असर गर्नेछैन ।

सम्बन्धित समाचारहरू

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

जापनिज अटो निर्माता होण्डाले अवको ३ वर्षमा १० भन्दा बढी इलेक्ट्रिक...

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...