विराटनगर यातायात कार्यलयद्वारा चालक अनुमति पत्र प्रदान सुरु
काठमाडौं– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमति...
काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन नखोल्ने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले नयाँ लाइसेन्सको फारम दशैँ अघि खोल्न नसकिने बताएका छन् ।
तालिम सेन्टर भौतिक रुपमा संचालन भएसँगै लाइसेन्सको परीक्षा र ट्रायल लिइने भुसालले जानकारी दिए । हाल अनलाइन लाइसेन्स फारम बन्द गरिएको समेत उनले बताए । उनले दशै अघि लाइसेन्स वितरण सुचारु गर्ने सम्भावना नरहेको बताए ।
‘अब दशैँपछि मात्र लाइसेन्स खुलाउने, वितरण गर्ने, परीक्षा लिने सबै गरिन्छ होला, अहिले कुनै तयारी छैन,’ भुसालले भने ‘निवेदन मात्र लिएर के गर्नु लाइसेन्स नदिएपछि एकै पटक धेरै प्रिन्ट गर्न समस्या हुन्छ ।’ उनले भने । धेरै निवेदन मात्र लिदा वितरणमा समस्या हुने भन्दै हाल लाइसेन्स निवेदन बन्द गरिएको उनको भनाइ छ ।
पहिले नै लाइसेन्सका लागि आवेदन दिएका ७ लाख मानिसहरु अझै परीक्षा दिन पाएका छैनन् । दोस्रो कोरोना माहामारीका कारण निषेधाज्ञा जारी भएसंगै लाइसेन्सको परीक्षाहरु स्थगित भएका थिए । निषेधाज्ञा खुकुलो भए पनि हाल लाइसेन्सको आवेदन खुल्ला नगरिने उनले बताए ।
त्यसैगरी पहिलेकै स्मार्ट लाइसेन्स प्रिन्ट गर्न ६ लाख बाँकि रहेको विभागले जनाएको छ । हाल नवीकरण गरिएका र ट्रायल पास भएकाहरुको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न नसकेको विभागले जनाएको छ ।
काठमाडौं– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमति...
काठमाडौँ – चालक अनुमति पत्रको परीक्षाका लागि वर्षौँ कुरेर पनि...
सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...