टाटाका विद्युतीय गाडी किन्न एनएमबि बैंकले न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने

काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्ने बैंकले जनाएको छ ।

यस अन्तर्गत ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे बताएको छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजना; ब्यवसायसँगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि भएको बताइएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

३१ लाखको गाडी ४ लाखमा

३१ लाखको गाडी ४ लाखमा

काठमाडौं – तपाईलाई कम मूल्यको ईभी किन्ने विचार छ, तर यसका लागि आवश्यक रकम...

के बजेट घोषणाको छोटो समयमै चीनबाट ईभी नेपाल भित्रिन सम्भव छ ? यस्तो छ न्यौपानेको तथ्यपूर्ण खुलासा

के बजेट घोषणाको छोटो समयमै चीनबाट ईभी नेपाल भित्रिन सम्भव छ ? यस्तो छ न्यौपानेको तथ्यपूर्ण खुलासा

हाल इलेक्ट्रिक सवारी साधन अर्थात ईभी गाडीहरु मुस्ताङ भन्सारबाट नेपाल...

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...