अटो शोमा एनएमबि बैंक, ७.१३ प्रतिशतमै अटो लोन

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्छ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबि बैंकको स्टल नं E २४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ । बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने

ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...