नियूले लन्च गर्यो २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ५५ हजार र ४लाख ३५ हजार

नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ । शुरुवाती मूल्य २ लाख ५५ हजार र ४ लाख ३५ हजार रुपैयाँ मूल्य निर्धारण गरी लन्च गरिएको यूक्युआइजिटी र एमक्युआइजिटी मोडलका यी इलेक्ट्रिक स्कुटरलाई नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले आज लन्च गरेको हो ।

यी दुई स्कुटरमध्ये ३ हजार वाट क्षमताको मोटर जडित एमक्युआईजिटीमा ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि ९० देखी १३० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । व्याट्री चार्ज गर्न ४ घन्टा समय लाग्नेछ । यसलाई ४५ देखी ७० कलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने बताइएको छ ।

त्यसैगरी अर्को स्कुटर यूक्युआइजिटीमा १२ सय वाट क्षमताको मोटर र ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि ७० देखी ८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । व्याट्री चार्ज गर्न ७ घन्टा समय लाग्नेछ । यसलाई ४५ कलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...