संकटमा निसान, ७ वटा प्लान्ट बन्द गर्ने घोषणा

जापनिज अटो निर्माता निसान अहिले गम्भिर आर्थिक समस्यामा परेको छ । आफ्नो सञ्चालन नाफामा भारी गिरावट आएपछि निसानले ७ वटा उत्पादन प्लान्ट बन्द गर्ने र ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

भर्खरै सुरु भएको आर्थिक वर्षको लागि अनुमान जारी गर्न नसकेको निसानले भर्खरै समाप्त भएको वर्षको नाफा लगभग समाप्त भएको देखेपछि खर्च कटौती गर्न यस्तो निर्णय लिएको हो ।

मार्चसम्मको १२ महिनामा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले घटेर जम्मा ६९.८ बिलियन येनमा सिमित भएको कम्पनीको भनाई छ ।अटोमेकरले पहिलो त्रैमासिकमा २०० अर्ब येन सञ्चालन घाटा हुने अनुमान गरेको छ ।

अमेरिका र चीनमा बिक्री कमजोर हुँदा निसाले ठूलो धक्का खेप्नु परेको छ । साथै, होन्डासँगको मर्जर वार्तासमेत विफल भएकपनि कम्पनीले हालै प्रमुख कार्यकारीलाई पनि हटाइएको थियो । निसानलाई पछिल्लो समय दक्षिणपूर्बी एसिया र अन्यत्र चिनियाँ ईभीले कडा टक्कर दिइरहेको छ भने अमेरिकी ट्यारिफहरूले पनि प्रभाव पारेको छ ।

निसानका नयाँ सीईओ इभान एस्पिनोसाले लगभग ५०० अर्ब येनको कुल लागत बचत गर्ने लक्ष्य राखेका छन् । एक समयको शक्तिशाली ब्रान्ड निसान वित्तिय रुपमा कमजोर हुन थालेपछि बजार पुनः फर्किन सक्नेमा विश्वस्त देखिँदैन ।

निसानले आफ्नो उत्पादन प्लान्टहरूको संख्या १७ बाट १० मा घटाउने बताएपनि कुन–कुन प्लान्ट बन्द हुँदैछ भनेर खुलाएको छैन । पूर्ब अध्यक्ष कार्लोस घोसनले लिएको गलत नितिका कारण निसान समस्यामा परेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

निसानको नयाँ एमपिभी ४ दिनपछि सार्वजनिक हुँदै

निसानको नयाँ एमपिभी ४ दिनपछि सार्वजनिक हुँदै

निसानले आजको ठिक ४ दिनपछि (डिसेम्बर १८ मा) भारतीय बजारको लागि आफ्नो नयाँ...

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...