भारतमा निसान म्याग्नाइट टर्बो भेरिएन्टको बढ्यो मूल्य, के नेपालमा पनि बढ्ला मूल्य ?

भारतमा निसान म्याग्नाइटको टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्यमा ३० हजार भारुले वृद्धि गरिएको छ । टर्बो इन्जिनमा प्रयोग हुने सेमी कन्डक्टरमा भएको भारी मूल्य वृद्धिले गर्दा यसको मुल्य वृद्धि भएको हो । यद्यपि यसको अन्य नन–टर्बो भेरिएन्टको मूल्य भने वृद्धि गरिएको छैन ।

सब–फोर मिटर कम्प्याक्ट एसयूभीको रुपमा परिचित निसान म्याग्नाइट दुई पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने अर्को १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

दुवै इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड छ भने टर्बो इन्जिनमा सीभीटी गियरबक्स अप्सन समेत उपलब्ध छ । सीभीटी गियरबक्सयुक्त इन्जिनले भने १५२ एनएम टर्क जेनेरेट गर्छ ।

भारतमा निसान म्याग्नाइटले निकै नै आक्रामक बजार लिइरहेको छ । करिव एक साता पहिले मात्र ५० हजार युनिट बुकिङ पुगेको निसान इन्डियाले बताएको थियो । भेरिएन्ट अनुसार भारतका विभिन्न सहरमा निसान म्याग्नाइट किन्न चाहनेले ४ महिना देखि ८ महिना सम्म पर्खिनु पर्ने अवस्था भएको छ ।

नेपाली बजारमा पनि निसान म्याग्नाइट भित्रिएको करिव दुई हप्ता पुग्न थालेको छ । नेपाली बजारमा पायोनियर मोटोकर्पले निसान म्याग्नाइट बिक्रीका लागि उपलब्ध गराइरहेको छ ।

निसान म्याग्नाइटले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी३०० र फोर्ड इकोस्पोर्ट जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा समेत म्याग्नाइटप्रति ग्राहक निकै नै आकर्षित भइरहेको र बुकिङ बढिरहेको बताइएको छ । भारतमा समेत टर्बो पेट्रोल भेरिएन्टको मूल्य बढिरहेको समयमा आगामी दिनमा नेपालमा पनि यसको मूल्य बढ्ने अनुमान भने गर्न सकिन्छ

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...