भारतमा आज लन्च हुँदै निसान म्याग्नाइट एसयूभी, नेपालमा पनि छिट्टै आउने

निसानले भारतमा आज बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयूभी म्याग्नाइट लन्च गर्दैछ । नेपाली बजारमा समेत छिट्टै नै उपलब्ध हुने घोषणा गरिएको सो एसयूभीको धेरैले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २०२१ को प्रारम्भमै सो एसयूभी नेपाली बजारमा आइसक्ने बताइसकेको छ ।

टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र रेनो डस्टर जस्ता अन्य सब–कम्प्याक्ट एसयूभीलाई टक्कर दिने अनुमान गरिएको सो एसयूभीको मूल्य पनि निकै नै प्रतिस्पर्धि हुने अनुमान गरिएको छ ।

यो गाडीमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।

निसान म्याग्नाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरल्ली एस्पिरेटेड इन्जिन र अर्काेमा टर्बोचार्ज्ड इन्जिन हुनेछ । निसान म्याग्नाइटमा ८ इन्च फुल फ्लस टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निसान म्याग्नाइट आफ्नो सेगमेन्टको गेम चेन्जर बन्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...