२०७७ चैत ३० सोमबार,

देशभरका सोरुममा निसान म्याग्नाइट लन्च

Post adv

काठमाडौं – सोमबार एक कार्यक्रमका बीच नेपाली बजारका लागि निसान म्याग्नाइट लन्च गरिए पश्चात हिजो मंगलबार देशभरका सोरुमका सो एसयूभीको लन्च गरिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले उपत्यकालगायत देशभरका मुख्य सहरमा रहेका सोरुमहरुमा सो एसयूभी लन्च गरेको हो ।

दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध हुनेछ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।

यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Advertise Eleven Advertise Ten Advertise Nine

सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।

यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।

Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...