वाडा अटो शोमार्फत पोखरामा निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, यस्तो हुनेछ सुविधा

पोखरामा चलिरहेको वाडा अटो शोमार्फत निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरिएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव एक महिना पहिले नेपाली बजारमा सार्वजनिक गरेको सो एसयूभी पोखरामा पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरिएको हो ।

गत फागुन १४ देखि प्रारम्भ भएको वाडा अटो शो पोखरामा भोलि सम्म चल्ने छ । निसानको गण्डकी र धवलागिरि क्षेत्रका लागि डिलर एलिट मोटर्सले निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरेको हो ।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ सहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ । त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको निसान म्याग्नाइट हाल नयाँ फेसलिफ्ट संस्करणको रुपमा भित्रिएको हो । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरिएन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्याग्नाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’(ठूलो र दरिलो) ‘डुअल–टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’ र श्रेणी–उत्कृष्ट ‘थ्रीडी हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलईडी टेलल्याम्प’ रहेका छन् । यसमा विशेष ३६० लेदर–प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् । यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज र कपहोल्डहरू सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ ।

सम्बन्धित समाचारहरू

अविष्मरणीय वर्ष २०७९ : अटोमोबाइल क्षेत्रमा संकट, अटो लोनमा बैंकहरुको उदासिनता

अविष्मरणीय वर्ष २०७९ : अटोमोबाइल क्षेत्रमा संकट, अटो लोनमा बैंकहरुको उदासिनता

अटोमोबाइल क्षेत्र बैंकहरुको प्राथमिकतामा पर्न छाडेका छन् । केही वर्ष...

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...

चौधरी प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीको यस्तो छ सवारी साधन कारोबारमा संलग्नता

चौधरी प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीको यस्तो छ सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...