केही सातामै नेपाल भित्रिदै छ निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट

काठमाडौं – निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट केही सातामै नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले केही सातामै नेपाली बजारमा भित्र्याउने तयारीका साथ कार्य भइरहेको बताएको छ ।

भारतमा राम्रो बजार लिइरहेको निसान म्याग्नाइट नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरेको एसयूभी हो । नेपाली बजारमा उपलब्ध अन्य एसयूभी भन्दा प्रतिस्पर्धि मूल्यमा उपलब्ध हुने अनुमान गरिएको म्याग्नाइटले नेपाली बजारमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ । केही दिन पहिले एकै पटक धेरै निसान म्याग्नाइट एसयूभी डेलिभरी गरिएको तस्बिरले निकै नै चर्चा पाएका थिए ।

निसानले सो एसयूभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध गराएको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र रेनो डस्टर जस्ता अन्य सब–कम्प्याक्ट एसयूभीलाई टक्कर दिने अनुमान गरिएको सो एसयूभी निकै नै प्रतिस्पर्धि हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...