नाडा अटो शो २०२६ मा डोङफेङको प्रिमियम विद्युतीय एसयूभी एमहिरो प्रदर्शन, कति पर्ला मूल्य ?

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२६ मा चीनको प्रतिष्ठित अटोमोबाइल ब्रान्ड डोङफेङको प्रिमियम तथा लक्जरी अफरोड विद्युतीय सवारी ब्रान्ड एमहिरोको विद्युतीय एसयूभी प्रदर्शन गरिएको छ । एमहिरोको आगमनले नाडा अटो शोमा प्रिमियम विद्युतीय एसयूभीतर्फको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

एमहिरो विशेष गरी सैन्य गाडीको झल्को दिने आक्रामक र मस्कुलर लुक्स, बोल्ड ग्रिल र क्रस–सेप्ड एलइडी हेडलाइटका लागि चर्चित छ । गाडीको भित्री भागमा लक्जरी नेपा लेदर फिनिसिङ, ठूला डिजिटल डिस्प्लेहरू, ६४ कलर एम्बियन्ट लाइटिङ र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

एमहिरो शक्तिशाली विद्युतीय ड्राइभट्रेनमा आधारित छ, जसले १००० हर्सपावरभन्दा बढी शक्ति र उत्कृष्ट टर्क उत्पन्न गर्छ। कठिन परिस्थितिमा सहज यात्रा सुनिश्चित गर्न यसमा ४–ह्विल ड्राइभ र ३ वटा डिफरेन्सियल लकहरू राखिएका छन् । यसमा रहेको क्र्याब मुभिङ मोडले गाडीलाई तेर्सो वा डायगोनल रूपमा मोड्न मद्दत गर्छ भने ९० सेन्टिमिटरसम्मको गहिरो पानीमा पनि यो सहजै चल्न सक्छ ।

नेपाली बजारमा प्रिमियम र लक्जरी ईभीको माग बढ्दै गएको अवस्थामा एमहिरोको प्रवेशले यस सेगमेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्नेछ । यद्यपि गाडीको आधिकारिक बिक्री मूल्य, नेपालमा उपलब्ध हुने भेरियन्ट र अन्य जानकारी भने कम्पनीले दिएको छैन । हाल यो सोकेशका लागि मात्र राखिएको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...