नेपालमा भोलि भर्चुअल लन्च हुँदैछ निसान लिफ इलेक्ट्रिक कार : कति पर्ला मूल्य ?

काठमाडौं – विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले भोलि जुलाई ७ का दिन बेलुकी ४ बजे भर्चुअल लन्च गर्ने जनाएको छ ।

सामाजिक सञ्जालमार्फत सो कार र यसको मूल्य पनि त्यही समयमा सार्वजनिक गरिने निसान नेपालको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

पायोनियर मोटोकर्पले गत वर्ष नै निसान लिफ नेपाली बजारमा ल्याउने तयारी गरेको भए तापनि बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा गरिएको भारी वृद्धिका कारण यसको आयात रोकिएको थियो । पछि बीचमा केही पुनरावलोकन हुँदा समेत पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउने घोषणा गरिसकेको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो ।

हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएको छ । यसले गर्दा अटोमोबाइल व्यवसायीहरु नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउन हौसिएका छन् ।

निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ । यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन । सायद केही दिनमै यसको मूल्य पनि सार्वजनिक हुनेछ । संसारका धेरै मानिसको पहुँचमा पुगेको इलेक्ट्रिक कार भएको कारण यसको मूल्य पनि सायद पहुँचयोग्य हुनेछ ।

अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

बीवाइडीको नयाँ फ्ल्यास चार्जिङ क्रान्ति: फाङचेङबाओ बाओ ५ र बाओ ८ अब ५ मिनेटमै चार्ज हुने

बीवाइडीको नयाँ फ्ल्यास चार्जिङ क्रान्ति: फाङचेङबाओ बाओ ५ र बाओ ८ अब ५ मिनेटमै चार्ज हुने

बीवाईडीले आफ्ना नयाँ फाङचेङबाओ बाओ ५ र बाओ ८ फ्ल्यास चार्जिङ एडिशन लन्च...

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले सिंगल चार्जमा अधिकतम रेन्ज...

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं – जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...