गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको घोषणा गरेको छ । एक भर्चुअल लाइभ कार्यक्रममार्फत पायोनियर मोटोकर्पले सो घोषणा गरेको हो ।
नेपाली बजारमा सेकेन्ड जेनेरेसन निसान लिफ भित्रिएको हो । उपयुक्त प्रविधि, सर्बाधिक राम्रो पर्फमेन्स र शून्य उत्सर्जनयुक्त निसान लिफ स्मार्टर, सेफर र सस्टेनेबल लाइफका लागि उपयुक्त भएको र नेपाल सरकारले हालै इलेक्ट्रिफाइड मोबिलिटीका लागि उपयुक्त वातावरण निर्माण गरेकाले नेपाली बजारमा यो गाडी उपलब्ध गराउन सफल भएको पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दीप कुमार सारडाले बताए ।
निसान लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको छ । यसलाई एक पटक चार्ज गर्दा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीको भनाइ छ । यद्यपि करिव ३ सय किलोमिटर सम्म मजाले चलाउन सकिन्छ ।
विभिन्न चार ड्राइभिङ मोडमा यसलाई चलाउन सकिन्छ । घरायसी सामान्य प्लगमा जोडेर एसी चार्जरले यसलाई ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा एक घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा निसान लिफको बुकिङ प्रारम्भ भएको छ । निसान लिफको प्रारम्भिक मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म ब्याट्री र अन्य वारेन्टी उपलब्ध हुनेछ ।
यो नेपाली बजारमा उपलब्ध हुने जापनिज प्रविधियुक्त एक मात्र इलेक्ट्रिक गाडी भएको पायोनियर मोटोकर्पले जनाएको छ ।
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
काठमाडौं – नेपाली बजारमा बाउन्स इन्फिनिटी, फ्युचर ग्रिन ईभी, वान...
काठमाडौं – याडिया ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले याडियाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...