भित्रियो निसानको इलेक्ट्रिक कार लिफ नेपालमा, मूल्य ५९ लाख ९९ हजार

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको घोषणा गरेको छ । एक भर्चुअल लाइभ कार्यक्रममार्फत पायोनियर मोटोकर्पले सो घोषणा गरेको हो ।

नेपाली बजारमा सेकेन्ड जेनेरेसन निसान लिफ भित्रिएको हो । उपयुक्त प्रविधि, सर्बाधिक राम्रो पर्फमेन्स र शून्य उत्सर्जनयुक्त निसान लिफ स्मार्टर, सेफर र सस्टेनेबल लाइफका लागि उपयुक्त भएको र नेपाल सरकारले हालै इलेक्ट्रिफाइड मोबिलिटीका लागि उपयुक्त वातावरण निर्माण गरेकाले नेपाली बजारमा यो गाडी उपलब्ध गराउन सफल भएको पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दीप कुमार सारडाले बताए ।

निसान लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको छ । यसलाई एक पटक चार्ज गर्दा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीको भनाइ छ । यद्यपि करिव ३ सय किलोमिटर सम्म मजाले चलाउन सकिन्छ ।

विभिन्न चार ड्राइभिङ मोडमा यसलाई चलाउन सकिन्छ । घरायसी सामान्य प्लगमा जोडेर एसी चार्जरले यसलाई ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा एक घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेपाली बजारमा निसान लिफको बुकिङ प्रारम्भ भएको छ । निसान लिफको प्रारम्भिक मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म ब्याट्री र अन्य वारेन्टी उपलब्ध हुनेछ ।

यो नेपाली बजारमा उपलब्ध हुने जापनिज प्रविधियुक्त एक मात्र इलेक्ट्रिक गाडी भएको पायोनियर मोटोकर्पले जनाएको छ ।

सम्बन्धित समाचारहरू

माघ महिनामा नेपाल भित्रिए १ हजार ५२ विद्युतीय कार

माघ महिनामा नेपाल भित्रिए १ हजार ५२ विद्युतीय कार

काठमाडौं – चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म ७ महिनाको अवधिमा...

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

विश्व प्रख्यात इभी निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ...

नेपालमा देखियाे नामी ०६ ईभी, नाडा अटाे शाेमा सजाउने तयारी

नेपालमा देखियाे नामी ०६ ईभी, नाडा अटाे शाेमा सजाउने तयारी

काठमाडौं – नेपालमा नयाँ ईभी नामी ०६ उपलब्ध भएकाे छ । साे ईभी हाल विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...