नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक

काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान लिफ नेपाली बजारमा समेत भित्रिने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले फेसबुक पेजमा यसको संकेतको रुपमा टिजर सार्वजनिक गरेको छ ।

निसान नेपालको फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर यसको वारेमा संकेत गरिएको छ । धेरैले निसान लिफ नेपाली बजारमा आउने संकेतको रुपमा यसलाई बुझेका छन् ।

पायोनियर मोटोकर्पले गत वर्ष नै निसान लिफ नेपाली बजारमा ल्याउने तयारी गरेको भए तापनि बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा गरिएको भारी वृद्धिका कारण यसको आयात रोकिएको थियो । पछि बीचमा केही पुनरावलोकन हुँदा समेत पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउने घोषणा गरिसकेको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो ।

हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएको छ । यसले गर्दा अटोमोबाइल व्यवसायीहरु नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउन हौसिएका छन् ।

निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ । यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन । सायद केही दिनमै यसको मूल्य पनि सार्वजनिक हुनेछ । संसारका धेरै मानिसको पहुँचमा पुगेको इलेक्ट्रिक कार भएको कारण यसको मूल्य पनि सायद पहुँचयोग्य हुनेछ ।

अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ८०० किलोमिटर चल्ने विश्वको पहिलो इलेक्ट्रिक मसल कार २०२४ सम्म लन्च हुने

सिंगल चार्जमा ८०० किलोमिटर चल्ने विश्वको पहिलो इलेक्ट्रिक मसल कार २०२४ सम्म लन्च हुने

काठमाडौं –डज कम्पनी विश्वभर पावरफुल र आइकनिक कार निर्माण गर्ने चर्चित...

इलेक्ट्रिक कारमा अटो लोन दिन बैंकबीच प्रतिस्पर्धा, २० प्रतिशतमै यसरी लिन सकिन्छ कार

इलेक्ट्रिक कारमा अटो लोन दिन बैंकबीच प्रतिस्पर्धा, २० प्रतिशतमै यसरी लिन सकिन्छ कार

राज्यको समेत प्राथमिकतामा परेका कारण इलेक्ट्रिक कार खरिद गर्न ग्राहकलाई...

जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय

जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय

पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...