भारतमा होन्डा र निसानविच साझेदारी हुँदै

निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका सीईओ इभान एस्पिनोसाले होन्डासँग साझेदारी गर्न खुला रहेको संकेत गरेका हुन् ।

‘भारतमा रेनोसँग हाम्रो राम्रो साझेदारी छ, तर हामी अन्य विकल्पहरू पनि खोजिरहेका छौं । त्यसैले हामी भारतमा होन्डासँग के गर्न सक्छौं भन्ने विषयमा सोचिरहेका छौं’ उनले भने ।

निसान र होन्डाले हालैका दिनहरूमा विश्वव्यापी गठबन्धनको सम्भावनाको खोजी गरेका छन्् । सीईओको हालैको भनाईबाट यो स्पष्ट हुन्छ कि निसान प्रारम्भिक अवरोधको बाबजुद होन्डासँग काम गर्न खुला रहेको देखिन्छ ।

लागत घटाउन होन्डाले भारतका केही ओईएमसँग साझेदारी गर्न खोजिरहेको छ । कम्पनीले गत वर्ष व्यापक सहकार्यको सम्भावनाको खोजी गरिरहेको बताइएको छ । साझेदारीको दायरामा प्लेटफर्म, उत्पादन र प्रविधिहरूको साझेदारी समावेश हुन सक्ने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...