विश्वमै लोकप्रिय निसानको इलेक्ट्रिक कार ‘लिफ’ मार्चमा नेपाल आउने

काठमाडौं – निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा उपलब्ध हुने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यसको लागि तयारी भइरहेको बताएको छ ।

विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी लन्च गरिने पायोनियर मोटोकर्पले बताएको छ ।

निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो र यो गाडी बिद्युतीय गाडीको बजारमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ । निसानका विद्युतीय गाडीहरुमा पनि निसान लिफ सबै भन्दा उन्नत कार हो ।

निसान लिफ संसारभर २ लाख ५० हजार युनिट भन्दा बढी बिक्री भैसकेको छ। यस कारणले पनि निसान लिफ आम सर्वसाधारणको सहज पहुँचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ।

पहिलो पटक निसान लिफ सन् २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ।

अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।

ई–पेडलमा एक्सिलरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...