मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प अन्तर्गत आधिकारिक डिलर मेगा मोटर्सले बिगिनिङ अफ द इयर एक्सचेन्ज क्याम्प अफर सार्वजनिक गरेको छ ।

मेगा मोटर्सका कलंकी, महाराजगञ्ज र बालकुमारी ३ वटै सोरुममा अफर लागु हुनेछन् । साउन १ गतेबाट शुरु हुने अफर ३ गतेसम्म चल्ने छ ।

उक्त अफर अन्तर्गत ४ लाख रुपैयाँसम्म नगद छुट, ड्याटसनका गाडीमा १ वर्षको निःशुल्क बिमा, ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, आर्थिक वर्ष २०७८/०७९को लागि सडक कर छुट, स्पट फाइनान्सिङ तथा भ्यालुएसनको सुविधा रहेको प्रबन्ध निर्देशक महेश पालले जानकारी दिए । गाडी किन्नका लागि विभिन्न बैंकमार्फत ७.९९ प्रतिशत सम्मको ब्याजदरमा अटो लोन उपलब्ध हुनेछ ।

बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निसान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बताइएको छ । ‘मेक इन इण्डिया, मेड फर द वर्ल्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्न सफल भएको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

काठमाडौं – नेपाली बजारमा निसानको इलेक्ट्रिक कार सेकेन्ड जेनेरेसन निसान...

उत्कृष्ट विशेषता र प्रविधि तथा सुरक्षात्मक संयन्त्र सहित चेरी टिग्गो ८ प्रो नेपालमा

उत्कृष्ट विशेषता र प्रविधि तथा सुरक्षात्मक संयन्त्र सहित चेरी टिग्गो ८ प्रो नेपालमा

काठमाडौं – नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...