टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
युवा अटोमोबाइल व्यवसायी निर्मल सिग्देलले ‘लिडिङ आन्ट्रप्रेनर इन अटोमोटिभ इन्डष्ट्रि’ शीर्षकको अवार्ड प्राप्त गरेका छन् । सिग्देलले टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलरको रुपमा ललितपुरको महालक्ष्मीस्थानमा युनिराइड अटो सञ्चालन गरिरहेका छन् ।
संविधान दिवस २०७८ को अवसरमा नेपालको विभिन्न क्षेत्रमा लामो समय कार्य गरेर योगदान दिएका सफल व्यक्तित्वहरुलाई लक्ष्यित गरेर ‘नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१’ नामक कार्यक्रममा सिग्देलले सो अवार्ड प्राप्त गरे । सिजन मिडियाले सो कार्यक्रमको आयोजना गरेको थियो ।
छोटो समयमा अटोमोबाइल क्षेत्रमा परिवर्तन ल्याउन सफल युवा व्यवसायीको रुपमा उनलाई सम्मानित गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।
युनिराइडले केही दिन पहिले मात्र टीभीएसको ‘बेस्ट डेब्यु डिलर’ को उपाधि हात पारेको थियो । डिलर बनेको ६ महिनामै देशभरका करिव १५० डिलरलाई पछि पार्दै युनिराइडले उपाधि हात पारेको थियो ।
सञ्चालक सिग्देलका अनुसार युनिराइडले ग्राहकको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आइरहेको छ । उनले भने,‘टीभीएसको नयाँ बाइक तथा स्कुटर खरिद तथा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्च गर्न युनिराइड ग्राहकको आकर्षण बनिरहेको छ ।’
शोरुम सञ्चालनमा हालको बिक्रीमा सन्तुष्टि लिएर नबस्ने र भोलिका दिनमा अझै बिक्री बढाउन लागिपर्ने उनको योजना छ । यससँगै अबको केही समयभित्र देशभरको डिलरमा नम्वर वान बन्ने लक्ष्य आफूले राखेको समेत उनको भनाइ छ । ‘हामी आज हासिल गरेको उपलब्धिमा सन्तुष्टि लिएर बस्नेवाला छैनौ । भोलिका दिनमा अझै राम्रो गरी देशकै उत्कृष्ट डिलरको पहिचान बनाउन कटिबद्ध छौ । यो व्यवसायमा लामो समयसम्म रहिरहने गरी प्रबेश गरेका कारण ढिलोचाँडो उक्त लक्ष्य हासिल गरेरै छाड्ने छौ’ उनले जिकिर गरे ।
लामो समय देखि अटोमोबाइल क्षेत्रमै कार्यरत मामा गोपी न्यौपानेको प्रेरणाबाट अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको बताउने सिग्देलले हालै आफ्नै व्यवसाय सुरुवात गरेका हुन् । उनले युनिराइडसँगै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन समेत सञ्चालन गरिरहेका छन् ।
सो कार्यक्रममा डा. भोला रिजाललाई बेस्ट सिनियर गाइनोकोलोजिस्टको रुपमा लाइफ टाइम एचिभमेन्ट अवार्ड, महिला व्यवसायी भवानी राणाले मोस्ट इन्स्पायरिङ एन्ड इनफ्लुएन्सियल विमेन र बरिष्ठ पत्रकार किशोर नेपालले स्पेसल अनर जर्नालिजम अवार्ड प्राप्त गरे ।
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले...
काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...