जानौ किया मोटर्सका ९ महत्वपूर्ण तथ्य

किया कोरियाली कार निर्माता कम्पनी हो । यो दक्षिण कोरियाको दोस्रो ठूलो कार निर्माता कम्पनी हो । युरोपेली र जापनिज कार निर्माता कम्पनीको बर्चस्व रहेको समयमा किया नयाँ ब्रान्डको रुपमा स्थापित भएको थियो । कियाले विश्वका विभिन्न देशमा कार पार्ट्स समेत उपलब्ध गराउँछ ।

किया मोटर्सको वारेमा ९ महत्वपूर्ण तथ्य हेरौ ।

१. किया विश्वकै चौथो ठूलो कार निर्माता कम्पनी हुन्डाईको सहायक कम्पनी हो ।

२. किया दक्षिण कोरियाको सबैभन्दा पुरानो कम्पनी हो । सन् १९४४ को डिसेम्बर ११ मा किया मोटर्सको स्थापना भएको थियो । त्यतिबेला कोरिया जापानको अधिनमा थियो । शुरुमा कियाले मोटरसाइकल र साइकल उत्पादन गथ्र्यो । ७० को दशकमा कियाले पहिलो कार र ट्रक लन्च गरेको थियो ।

४. किया मोटर्सले दक्षिण कोरियामा स्थापना गरेको एसेम्बली फ्याक्ट्री विश्वकै सबैभन्दा ठूलो कार एसेम्बली फ्याक्ट्री हो । ह्वासुङमा अवस्थित म्यानुफ्याक्चरिङ प्लान्टबाट प्रतिघण्टा ११४ कार उत्पादन हुन्छन् ।

४. कियाले दक्षिण कोरियाका लागि मिलिटरी भेइकल उत्पादन गर्छ । हाल कियाले केसर जिप एम७–१५ टाइपको गाडी मिलिटरीका लागि उपलब्ध गराइरहेको छ ।

५. किया मोटर्सको स्लोगन ‘मुभमेन्ट द्याट इन्स्पायर’ हो । त्यसैगरी ‘स्पिरिटेड, ह्युमन रिभर र च्यालेन्जर’ लाई समेत कियाले ब्रान्डिङ गरेको छ । यसबाट कम्पनीले ग्राहकलाई फरक अनुभव प्रदान गर्न चाहन्छ भन्ने सन्देश दिन्छ ।

६. कियाले विशेष गरी युरोपेली अटो बजारलाई केन्द्रीत गर्ने नीति सन् २००५ पश्चात लिएको छ र यो निकै नै लोकप्रिय पनि बनेको छ । यसका लागि जर्मन कार डिजाइनर पिटर श्रेयरलाई चिफ डिजाइन अफिसरको रुपमा लिएको छ । उनले औडी टीटीको डिजाइन गरेका थिए र फक्सवागनसँग पनि सम्बन्धित थिए । कियाका स्टाइलिस रेन्जका कार सबै उनले नै डिजाइन गर्छन् ।

७. कियाको आफ्नै युनिक डिजाइन फिलोसोफी छ । स्टेट–अफ–आर्ट इन्टेरियर, इर्गोनोमिक डिजाइन र लेटेस्ट टेक्नोलोजिकल इनोभेसनका लागि किया कार परिचित छन् । किया मोटर्सको नयाँ डिजाइन फिलोसोफी ‘अपोजिट्स युनाइटेड’ मानिन्छ । यसै अनुसार कम्पनीले विभिन्न फरक डिजाइनका साथ कार उत्पादन गर्दै आएको छ ।

८. किया नामकरण सिनो–कोरियन भाषाबाट आएको हो । यसमा केआई अर्थात ‘कि’ को अर्थ कम आउट अर्थात वाहिर आउनु र ‘ए’ को अर्थ पूर्व अर्थात पूर्वी एसिया हुन्छ । यसको अर्थ पूर्वबाट आएको भन्ने हुन्छ ।

९. कियाले धेरै प्रतिष्ठित पुरस्कारहरु जितेको छ । फ्युल इफिसियन्सी, म्यानुफ्याक्चरिङ र इन्जिनियरिङको क्षेत्रमा दिइने धेरै पुरस्कार कियाले पाएको छ । कियाले धेरै पटक बेस्ट ग्लोबल ब्रान्ड, हाइएस्ट ¥याङ्क्ड मास–मार्केट ब्रान्ड लगायतका विभिन्न पुरस्कार पाएको छ ।

सम्बन्धित समाचारहरू

थप सुविधा र नयाँ रङमा किया सेल्टोस र सोनेट फेसलिफ्ट लन्च

थप सुविधा र नयाँ रङमा किया सेल्टोस र सोनेट फेसलिफ्ट लन्च

किया मोटर्सले आफ्नो सबैभन्दा बढी बिक्री हुने एसयूभी सेल्टोसको साथै सस्तो...

किया क्यारेन्सको उत्पादन सुरु, फेब्रुअरीमा लन्च हुने

किया क्यारेन्सको उत्पादन सुरु, फेब्रुअरीमा लन्च हुने

किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु...

एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम थप भएर आउँदै सेल्टोस फेसलिफ्ट

एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम थप भएर आउँदै सेल्टोस फेसलिफ्ट

कोरियाली अटो निर्माता कियाले आफनो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...