सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
रातको समयमा सवारी सञ्चालन गर्नु आफैंमा एउटा चुनौती हो । दिनको उज्यालोमा सुरक्षित देखिने सडकहरू रात पर्नासाथ जोखिमपूर्ण बन्न सक्छन् । रात्रीकालीन दुर्घटनाको एउटा प्रमुख कारण कम दृश्यता (Visibility) र सवारी बत्तीको गलत प्रयोग हो । सवारीको बत्ती केवल बाटो हेर्नका लागि मात्र होइन, यो अरूलाई आफ्नो उपस्थितिको सङ्केत दिने र दुर्घटना रोक्ने एउटा 'सुरक्षा कवच' पनि हो ।
बत्तीको सही, सभ्य र जिम्मेवार प्रयोगले चालक, यात्रु र पैदलयात्री सबैको जीवन सुरक्षित राख्न सक्छ । रातको यात्रालाई सुरक्षित बनाउन एक जिम्मेवार चालकले बत्तीको प्रयोग गर्दा निम्न कुराहरूमा ध्यान दिनु अनिवार्य छ :-
१. हेडलाइटको अनिवार्य प्रयोग
दुर्घटना रोक्ने पहिलो कदम हेडलाइटको सही प्रयोग हो। धेरैजसो रात्रिकालीन दुर्घटनाहरू 'नदेखेर' वा 'ढिलो देखेर' हुने गर्छन्। सडक बत्ती बलेको ठाउँमा पनि हेडलाइट अनिवार्य बाल्नुहोस्। यसले तपाईंलाई बाटो देखाउनुका साथै सडकका अन्य प्रयोगकर्ताहरूलाई तपाईंको उपस्थिति, दूरी र गतिबारे समयमै सचेत गराउँछ ।
२. हाई र लो बीमको सन्तुलन
हाई बीमको गलत प्रयोग सडकमा गरिने एक प्रकारको "दृष्टि हिंसा" हो । अँध्यारो र सुनसान सडकमा हाई बीम प्रयोग गरे पनि अगाडिबाट कुनै सवारी आएको देख्नेबित्तिकै तुरुन्तै 'लो बीम' मा स्विच गर्नुहोस् । हाई बीमको तीव्र प्रकाशले विपरित दिशाका चालकको आँखामा क्षणिक अन्धोपन (Glare) ल्याउँछ, जुन भयानक दुर्घटनाको कारण बन्न सक्छ । शहरको उज्यालो सडक, मोड र बाक्लो बस्तीमा 'लो बीम' नै सुरक्षित विकल्प हो ।
३. 'डिपर' र इन्डिकेटरको सही प्रयोग
रातको समयमा 'डिपर' (बत्तीलाई छिटो-छिटो हाई र लो गर्ने) चालकहरू बीचको कुराकानीको माध्यम हो । ओभरटेक गर्दा वा अगाडिको सवारीलाई संकेत दिन यसको प्रयोग गर्नुहोस् । त्यस्तै, मोड काट्नु अगावै साइड लाइट (Indicator) बाल्नुहोस् र सवारी रोक्नुपर्दा 'हजार्ड लाइट' अनिवार्य बाल्नुहोस् ताकि टाढैबाट तपाईंको स्थिति प्रस्ट होस् ।
४. सरसफाइ, मर्मत र फग लाइट
फोहोर हेडलाइटले बत्तीको चमकलाई ३० प्रतिशतसम्म घटाउन सक्छ । यात्रा सुरु गर्नुअघि बत्तीका सिसाहरू राम्रोसँग सफा गर्नुहोस् । कतिपय अवस्थामा एउटा हेडलाइट मात्र बलिरहेको हुन सक्छ, जसले गर्दा टाढाबाट हेर्नेलाई त्यो मोटरसाइकल हो कि कार हो भन्ने भ्रम पर्न सक्छ । त्यसैले सबै बल्बहरू दुरुस्त भएको सुनिश्चित गर्नुहोस् साथै, कुहिरो वा भारी वर्षा वा धुलोको अवस्थामा 'फग लाइट' प्रयोग गर्नुहोस् । हिउँदको कुहिरो वा भारी वर्षामा हेडलाइटको हाई बीमले उल्टै प्रकाश परावर्तन गरेर अगाडि देख्न गाह्रो बनाउँछ । यस्तो बेला फग लाइटको प्रयोग गर्नुहोस् । जसले सडकको सतहमा प्रकाश छरी दृश्यता बढाउँछ ।
५. भित्री बत्ती (Cabin Light) बन्द राख्ने
सवारी चलाउँदा गाडीभित्रको बत्ती बाल्नु हुँदैन । भित्र उज्यालो हुँदा चालकको बाहिर देख्ने क्षमता कम हुन्छ र विन्डशिल्डमा देखिने छायाँले झुक्याउन सक्छ ।
रातको समयमा सवारी बत्तीको सही प्रयोग केवल ट्राफिक नियमको पालना मात्र होइन, यो जीवनप्रतिको गहिरो जिम्मेवारी पनि हो । बत्तीको सानो लापरवाहीले ठूलो विनास निम्त्याउन सक्छ भने सामान्य सचेतनाले अमूल्य जीवन जोगाउन सक्छ । सवारीको बत्तीले बाटो मात्र देखाउँदैन, यसले चालकको संस्कार, शिष्टता र व्यावसायिकता पनि झल्काउँछ । सडकमा आफू सुरक्षित रहनु र अरूलाई पनि सुरक्षित राख्नु नै साँचो जिम्मेवार चालकको धर्म हो ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं...
काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...