एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकले जनाएको छ।

ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरि आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।

यसरी ग्राहकहरुले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने जनाइएको छ।

सम्बन्धित समाचारहरू

ग्लोवल आइएमईले १०.९९ र १०.४९ प्रतिशत फिक्स्ड रेटमा अटो कर्जा दिने

ग्लोवल आइएमईले १०.९९ र १०.४९ प्रतिशत फिक्स्ड रेटमा अटो कर्जा दिने

काठमाडौं– ग्लोवल आईएमई बैंकले अटो लोन अफर ल्याएको छ । सो अफर अन्तर्गत फ्यूल...

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

अर्थतन्त्र शिथिल भएको असर अटो लोनमा समेत देखिएको छ । बैंक तथा वित्तीय...

धितोमा राखिएका ११८ सवारी साधन बेच्दै कुमारी बैंक

धितोमा राखिएका ११८ सवारी साधन बेच्दै कुमारी बैंक

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...