तयार भयो टिग्वानको नयाँ मोडल, अर्को वर्ष लन्च हुने तयारी

जर्मन अटो निर्माता फक्सवागनले टिग्वानको नेक्स्ट जेन मोडल तयार पारेको छ । यो नयाँ मोडलको अहिले विभन्न चरणमा टेष्ट भैरहेको जनाइएको छ । पूर्णत नयाँ लुक्स तथा डिजाइनका साथ बजारमा आउने तयारी भैरहेको नयाँ एसयूभीमा कम्पनीले हाल कारोवार भैरहेको टिग्वानको तुलनामा थप सार्प र नयाँ वम्पर उपलब्ध गराउनेछ ।

नयाँ टिग्वानमा पहिलेको भन्दा ठूलो ह्विल वेस उपलब्ध हुने निश्चत भैसकेको छ । जसले क्याविन स्पेस थप फराकिलो र आरामदायी वनाउन मद्धत गर्नेछ । साथै फिचर्स र अन्य इक्विपमेन्टमा समेत व्यापक अपडेट हुने कम्पनीले जनाएको छ ।

पावरट्रेन र पर्फमेन्स भने पुरानै मोडललाई निरन्तरता दिइने देखिएको छ । यो एसयूभी हाल पेट्रोल, प्लग इन हाइव्रिड र डिजेल गरी कुल तीनवटा इन्जिन अप्सनमा उपलब्ध रहँदै आएकोमा नयाँ मोडलल पनि यहि तीन अप्सनमा उपलब्ध हुनेछ ।

टिग्वान नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमिय एसयूभी हो । यो एसयूभीमा जडान गरिएको २.० लिटर टिएसआई पेट्रोल इन्जिनले १९० एचपी पावर दिने दावी छ । अन्तराष्ट्रिय बजारमा यो नयाँ एसयूभी अर्को वर्ष लन्च हुने वताइएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...

यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने

यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...