तयार भयो टिग्वानको नयाँ मोडल, अर्को वर्ष लन्च हुने तयारी

जर्मन अटो निर्माता फक्सवागनले टिग्वानको नेक्स्ट जेन मोडल तयार पारेको छ । यो नयाँ मोडलको अहिले विभन्न चरणमा टेष्ट भैरहेको जनाइएको छ । पूर्णत नयाँ लुक्स तथा डिजाइनका साथ बजारमा आउने तयारी भैरहेको नयाँ एसयूभीमा कम्पनीले हाल कारोवार भैरहेको टिग्वानको तुलनामा थप सार्प र नयाँ वम्पर उपलब्ध गराउनेछ ।

नयाँ टिग्वानमा पहिलेको भन्दा ठूलो ह्विल वेस उपलब्ध हुने निश्चत भैसकेको छ । जसले क्याविन स्पेस थप फराकिलो र आरामदायी वनाउन मद्धत गर्नेछ । साथै फिचर्स र अन्य इक्विपमेन्टमा समेत व्यापक अपडेट हुने कम्पनीले जनाएको छ ।

पावरट्रेन र पर्फमेन्स भने पुरानै मोडललाई निरन्तरता दिइने देखिएको छ । यो एसयूभी हाल पेट्रोल, प्लग इन हाइव्रिड र डिजेल गरी कुल तीनवटा इन्जिन अप्सनमा उपलब्ध रहँदै आएकोमा नयाँ मोडलल पनि यहि तीन अप्सनमा उपलब्ध हुनेछ ।

टिग्वान नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमिय एसयूभी हो । यो एसयूभीमा जडान गरिएको २.० लिटर टिएसआई पेट्रोल इन्जिनले १९० एचपी पावर दिने दावी छ । अन्तराष्ट्रिय बजारमा यो नयाँ एसयूभी अर्को वर्ष लन्च हुने वताइएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल

चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन...

यस्तो छ नेपालमा पहिलो पटक भित्रिएको ब्रान्ड सिट्रोनको एसयूभी सी५ एयरक्रस

यस्तो छ नेपालमा पहिलो पटक भित्रिएको ब्रान्ड सिट्रोनको एसयूभी सी५ एयरक्रस

काठमाडौं – नेपाली बजारमा सिट्रोनको पहिलो एसयूभी सी५ एयरक्रस (Citroen C5 Aircross)...

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...