क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

काठमाडौं– सन् २०२२ मा भारतीय बजारमा सर्वाधिक विक्री हुने एसयूभीमा टाटा नेक्नस दर्ज भएको छ । यो कम्प्याक्ट एसयूभीले क्रेटालाई पछि पार्दै पहिलो पटक सर्बाधिक विक्री हुने एसयूभीमा दर्ज भएको हो । साथै नेक्सन सो वर्ष भारतमा सर्बाधिक विक्री हुने १० कारमा चौथो भएको छ ।

सन् २०१७ मा पहिलोपटक लन्च भएको यो एसयूभीले सुरुवाती समयमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । २०२० मा अपडेट भएर आएपछि भने यसले ग्राहकको विश्वास जित्न सफल भइरहेको छ । वर्षको अधिकांश महिनामा यसले क्रेटालाइ पछि पार्दै आइरहेको थियो ।

अघिल्लो वर्ष नेक्सन कुल १ लाख ६८ हजार २७८ युनिट विक्री हुँदा क्रेटाको बिक्री १ लाख ४० हजार ८९५ युनिटमा सिमित भएको थियो । सूचीको तेस्रो स्थानमा सुजुकी ब्रेजा रहन सफल भएको छ । ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएपछि यो एसयूभीलाई कम्पनीले सवैभन्दा सुरक्षित कम्प्याक्ट एसयूभी भनेर बजारिकरण गरिरहेको छ ।

नेपाली बजारमा समेत सफल वनिरहेको यो एसयूभी १.२ लिटर रेभर्टन टर्वोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल र १.५ लिटर फोर सिलिन्डर रिभोटर्क डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसको पवार क्रमर्श १२० पिएस र ११० पिएस तथा टर्क १७० एनएम र २६० एनएम रहेको छ । यी दुवै पावरटे«नमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसको विकल्प दिइएको छ ।

नेक्सनमा भिन्न प्रकार ड्राइभिङ मोड, टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इन कार कनेक्टेड टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट वटम स्टेरिङ ह्विल लगायत फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

टाटाले छिट्टै लन्च गर्ने तयारी गरिरहेको पन्च फेसलिफ्टको उत्पादन संस्करण...

३६० डिग्री क्यामेरा र एडास जस्ता सेफ्टी फिचरले सुसज्जित टाटा कर्भ लन्चको तयारीमा

३६० डिग्री क्यामेरा र एडास जस्ता सेफ्टी फिचरले सुसज्जित टाटा कर्भ लन्चको तयारीमा

टाटा मोटर्सले अन्ततः अगस्ट ७ मा भारतको पहिलो कुपे स्टाइल एसयूभी लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...