क्रसफायरको अफर एक साता थप : बैशाख १६ सम्म मोटरसाइकल किन्दा यस्तो फाइदा

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष लक्षित आफरलाई थप एक साता बढाएको छ ।

पहिले बैशाख ११ सम्मका लागि मात्र सो अफर उपलब्ध भएकोमा ग्राहकको धेरै माग भएकाले थप एक साता अफर अवधि बढाइएको कम्पनीले बताएको छ ।

उक्त अफर अन्तर्गत क्रसफायर र इटालिका मोटो स्कुटर खरिद गर्ने ग्राहकले ५० हजारसम्म नगद छुट, फाइनान्समा २.७९ प्रतिशत व्याज, १५ हजार रुपैयाँ वारावरको निशुल्क एसेसरिज, एक्सचेन्जमा २५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, निशुल्क टुर प्याकेज र बम्परमा १ लाख ५० हजार रुपैयाँसम्म जित्न सकिने अवसर पाउनेछन् ।

फाइनान्स सुबिधामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ५ लाख भन्दा बढीको मोटरसाइकल खरिद गर्दा ६० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र बाँकी ४० प्रतिशतमा २.७९ प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ । त्यसैगरी ५ लाख भन्दा कम मूल्यको बाइक खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट र बाँकी रकममा सोही दरको व्याज लाग्नेछ ।

नगदमा खरिद गर्दा भने स्क्र्याच कुपनमार्फत १० हजार देखि ५० हजार रुपैयाँसम्म नगद छुट र १५ हजार रुपैयाँ बरावरको एसेसोरिज निशुल्क पाउन सकिने बताइएको छ । साथै एक्सचेन्जमा २५ हजार रुपैयाँको अतिरिक्त मुलयांकन दिइनेछ ।

हरेक हप्ता लक्की ड्रमार्फत विजयी हुने २ जना ग्राहकलाई पोखराको होटल हिमालयन फ्रन्टमा २ रात वस्न मिल्ने सुबधा र बम्परमा एकजना भाग्यशाली बिजेताले १ लाख ५० हजार रुपैयाँ नगद पाउने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

२०२७ संस्करणको केटीएम ७९० ड्युक सार्वजनिक, यस्ता छन् फिचर अपग्रेड

२०२७ संस्करणको केटीएम ७९० ड्युक सार्वजनिक, यस्ता छन् फिचर अपग्रेड

अष्ट्रियन बाइक निर्माता कम्पनी केटीएमले २०२७ संस्करणको ७९० ड्युकलाई...

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसी इन्जिनमा उतारेको छ । नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...