समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने...
काठमाडाै - नयाँ वर्ष २०८१ आइसक्यो। नयाँ वर्षको दिन नयाँ ठाउँ घुम्नेसोच त पक्कै पनि बनाउनु भएको होला! तर, काठमाडौंमा रहँदा घुम्न कहाँ जाने भनेर अलमलमा त पर्नु भएको छैन? घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ।
बैशाख १ गतेको दिनलाई मानिसहरुले विभिन्न प्रकारका संकल्प र नविन सुरुवातका रुपमा हेर्ने गर्छन्। सोही कारण यस दिनलाई मानिसहरुले भब्य रुपमा मनाउँदै आएका छन्।
व्यस्त जिवन शैली र काठमाडौंको कोलाहलबाट वाक्क दिक्क हुनु भएको छ भने नयाँ वर्षका दिन र आफ्नो लागि प्राइभेट समय चाहनुहुन्छ र घुम्नका लागि नयाँ स्थानको खोजीमा हुनुहुन्छ भने आज हामीले नयाँ वर्षलाई नै ध्यानमा राखेर घुम्न सकिने काठमाडौं र काठमाडौं आसपासका केही उत्कृष्ट ठाउँहरुका बारेमा बताएका छौं।
हामीले खोजेका धेरै स्थानहरुमध्ये केहीमा तपाईंहरु यसअघि पनि घुमी सक्नु भएको होला, तर केही स्थानहरुमा भने यहाँहरु पक्कै पनि जानु भएको छैन होला। ती स्थानहरु कुन–कुन हुन्? हेनुहोस् यो रिपोर्ट–
नगरकोट
राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट। यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ। यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ। काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सार्वजनिक बसमा दुई घण्टा लाग्छ।
कालिञ्चोक
काठमाडौँबाट घुम्न निस्कनेहरूका लागि कालिञ्चोक पनि उपयुक्त गन्तव्य हो। दोलखा जिल्लामा पर्ने कालिञ्चोक करिब १५० किलोमिटरको दूरीमा छ। कालिञ्चोक भगवतीको मन्दिर यहाँको प्रशिद्ध धार्मिक स्थल पनि हो। यो ठाउँ समुद्री सतहबाट ३ हजार ८४२ मिटरको उचाइमा छ। कालिञ्चोकबाट रोल्वालिङ हिमशृङ्खला, जुगल हिमाल, गौरीशंकर हिमाल,गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ। साथै खानाको परिकारका लागि पनि कालिञ्चोक प्रशिद्ध छ।
चित्लाङ
मकवानपुरको चित्लाङ अर्को प्रसिद्ध पर्यटकीय स्थल हो। चित्लाङ जान काठमाडौँबाट चार वटा रूटमा गाडी चल्छन्। सबैभन्दा छोटो दूरीमा कलंकीबाट चन्द्रगिरि हुँदै सजिलै पुग्न सकिन्छ चित्लाङ। चित्लाङ ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजङ्गलको मनमोहक दृश्यले भरिपूर्ण छ। चित्लाङमा विश्वकै दुर्लभ र एसियामा मात्र पाइने ‘अल्पाका’ जनावर रहेका छन्। तुलसीपछि अक्सिजनमा दोस्रो मानिने ओलिभ (जैतुन) फर्म यहाँको अर्को आकर्षण हो। थुप्रै ऐतिहासिक स्थलमध्येको अशोक चैत्य पनि यही छ। साथमा तालका छेउमा होम स्टेहरू पनि छन्।
नमोबुद्ध
नमोबुद्ध पनि काभ्रेकै अर्को रमणीय पर्यटकीय स्थल हो। धुलिखेलबाट नजिकै पर्ने यो स्थल सार्वजनिक गाडीमै पनि पुग्न सकिन्छ। नमोबुद्ध १८ सय मिटर उचाइमा अवस्थित छ। यहाँको मुख्य अवलोकन स्थल नमोबुद्ध गुम्बा हो। यहाँबाट गौरीशंकर, लाङटाङलगायतका हिमालहरूको मनोमोहक दृश्य पनि अवलोकन गर्न सकिन्छ।
धुलिखेलका हजार सिँढी र जीपलाइन
काभ्रेको धुलिखेल काठमाडौँबाट धेरैको रोजाइमा पर्ने रमाइलो पर्यटकीय स्थल हो। काठमाडौँबाट ३३ किलोमिटर दूरीमा रहेको धुलिखेल सार्वजनिक गाडीबाटै सजिलै पुग्न सकिन्छ। धुलिखेल क्षेत्र पिकनिकका लागि पनि सुपरिचित छ। धुलिखेलका केही त्यस्ता प्रसिद्ध स्थानहरू छन् जहाँ रमाइलो मनोरञ्जनका लागि आन्तरिक र बाह्य पर्यटकहरू पुग्छन्। धुलिखेल पुगेपछि हजार सिँढी हिँड्नुको मजा नै अर्को हुन्छ। मुख्य चोक हुँदै धुलिखेलको बजार क्षेत्रतिर अघि बढ्दै जाँदा पुगिन्छ हजार सिँढी। सिँढी उक्लिैँदै टुप्पामा मन्दिर दर्शन गर्न पुगिन्छ। अगाडि रमणीय चौर छ जहाँबाट काभ्रेको पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ।
चन्द्रागिरि
२ हजार ४ सय ७५ मिटर उचाइमा रहेको चन्द्रगिरि काठमाडौँको निकै रमणीय स्थल हो। काठमाडौँको पुरानो बसपार्कबाट सिधैं चन्द्रगिरि पुग्ने सार्वजनिक गाडी पाइन्छ। चन्द्रगिरिमा केबलकार चल्न थालेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। नयाँ वर्षमा घुम्न जान यो ठाउँ निकै उपयुक्त हुन सक्छ। केबलकार यात्रा गरेर चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको शहरी क्षेत्र र वरिपरिका पहाड अवलोकन गर्नु निकै आनन्ददायक हुन्छ।
घ्याम्पे डाँडामा स्काई साइक्लिङ
उपत्यकाबाट नजिकै रहेको भक्तपुरको स्काई साइक्लिङ एक महिनायता निकै चर्चामा छ। भक्तपुरको सूर्यविनायकबाट दक्षिणतर्फकाे यात्रापछि घ्याम्पे डाँडा पुगिन्छ। घ्याम्पे डाँडामै छ स्काई जीपलाइन। यहाँ १ हजार २०० मिटर लामो स्काई जीप लाइनमा ४० सेकेन्डदेखि ९० सेकेन्डसम्मका खेल खेल्न पाइन्छ। यहाँ क्लासिक, सुपरम्यान फ्लाई, कपल जिपलाइन खेल्न लाइन्छ।
स्वप्न बगैंचा
स्वप्न बगैंचा काठमाडौँको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले ‘सपनाको स्वर्ग’ भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि। ६ ऋतुका नामबाट निर्माण गरिएका आराम गृह, पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा वस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ। शान्त र सफा यो बगैंचा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक वास्तुकलाको ज्ञान र मनोरञ्जन लिन पनि उपयुक्त छ।
चिसापानी
चिसापानी सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटर उचाइमा छ। यो स्थानबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्दा आनन्दको महसुस हुन्छ। वरिपरिका डाँडाहरू देखिने अग्लो स्थानमा रहेको चिसापानीबाट सगरमाथा,माछापुच्छ्रे, गौरीशङ्कर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल लगायत हिमशृङ्खला देख्न सकिन्छ।
सुन्दरीजल
सुन्दरी जल विशेष गरी झरना प्रेमीका लागि आकर्षक गन्तव्य हो। काठमाडौँबाट उत्तरमा १५ किलोमिटर दुरीमा रहेको यो ठाउँ हाइकिङ जानका लागि विशेष उपयुक्त छ। काठमाडौंबाट सुन्दरी जल पुग्न पदयात्रा जानेहरूका लागि ६ घण्टा लाग्छ। सुन्दरी जल हाइकिङका लागि मात्र नभएर पारिवारिक घुमघामका लागि आकर्षक मानिन्छ। बस्न, खानका लागि सुविधायुक्त होटेल पनि रहेको छ। सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि मानिन्छ।
मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने...
काठमाडौं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक...
काठमाडौं – गत वर्षको बाढीबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको आपतकालीन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...