प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी आइरहेको छ । अझ सरकारले नै विलासीताको वर्गमा राखेर उच्च कर लगाउँदै आएको सवारीसाधनको बजार त झनै तहसनहसकै अवस्थमा छ ।

गत वर्षको अन्तदेखि नै वैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउँदै अटोलोन दिन कडाई गरेका कारण त्यसयता सवारी बजारले गति लिन सकिरहेको छैन । झनै पछिल्लो समय त राष्ट्र बैंक नै यो क्षेत्रप्रति अनुदार वनेर विभिन्न नीति ल्याएपछि हाल तरलतामा सुधार आएपनि बैंकहरु अटो कर्जा दिन डराइरहेका छन् ।

एकातिर गाडी किन्न बैंकबाट कर्जा नपाउने र पाईहाले पनि उच्च ब्याज तिर्नुपर्ने भएका कारण अहिले ग्राहक पनि ‘पर्ख र हेर’ को अवस्थामा छन् । जसका कारण ग्राहक नपाउँदा सवैजसो गाडी सोरुम सुनसान अवस्थामा देखिन्छन् । यस्तो अवस्थामा गाडी बिक्रेता कम्पनी पनि बिक्री वढाउन आक्रामक देखिन छाडेका छन् ।

गाडी बिक्रीको एक प्रमुख सिजन नयाँ वर्षमा प्रायः सवैजसो ब्रान्डले आकर्षक अफर ल्याउने यसअघिको प्रचलनमा यो पटक ब्रेक लागेको छ । यो वर्ष छिटो अफर ल्याउन भने कम्पनीहरुले रुचि नै देखाएको पाइएन । पहिले छिट्टै नै अफर ल्याउने टाटा, सुजुकी लगायतका कम्पनीहरुले पनि तुलनात्मक रुपमा ढिलो नै अफर ल्याए ।

हुन्डाई
यो वर्ष गाडीतर्फ सवैभन्दा पहिले हुन्डाईले नयाँ वर्ष अफर ल्याएको थियो । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ । यो अफर प्रारम्भ भइसकेको र एक महिनासम्मको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ । हुन्डाईका गाडीहरुमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।

चांगन
चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन’ र प्रिमियम पिकअप ‘हन्टर’ लिन इच्छुक ग्राहकहरुका लागि यस अन्तर्गतको आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफर २०८० बैसाख १ देखि शुरु भई २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ ।

यस अफर अन्तर्गत चांगनको कुनै पनि सवारी साधनको खरिदमा ग्राहकले सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन, आईवाच र एयर पोड) जित्न सक्ने छन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँ सम्मको फेस्टिभ बोनस तथा स्क्र्याच कार्ड मार्फत ५० हजार रुपैयाँ सम्मको थप छुट पाउन सक्ने छन् ।

यसैगरी आफ्नो कुनै पनि ब्रान्डको सवारी साधन साट्न इच्छुक ग्राहकले भने थप २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

होन्डा
नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नगद छुट तथा अन्य सुबिधा सहितको अफर ल्याएको छ । यस अन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट, ५ प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने छ । गाडी खरिद गर्नेका लागि एक आर्थिक बर्षको कर निःशुल्क, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुनेछ ।

निसान
निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ल्याएको अफर अन्तर्गत निसानको नयाँ गाडी खरिद गर्दा ग्राहकले ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

यो नयाँ योजनामा निसान गाडी खरिद गर्ने ग्राहकलाई कम्पनीले ८ लाखसम्म नगद छुट दिने जनाएको छ । साथै नयाँ वर्ष अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ अतिरिक्त नगद वोनस समेत पाउनेछन् । ‘अन द स्पट’ एक्सचेन्ज सुविधा उपलब्ध हुने यो योजनामा ग्राहकले आफ्नो पुरानो गाडीमा आकर्षक मूल्यांकन पाउनेछन् ।

कम्पनीले निसान गाडी खरिद गर्ने ग्राहकहरुलाई ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ । यसैगरी, कम्पनीले एक वर्षको रोड कर र बिमा निशुल्क प्रदान गर्ने जनाएको छ । यस्तै, कम्पनीले सजिलो बैंकिङ र फाइनान्सिङको पनि सुविधा उपलब्ध गराउने जनाएको छ । यी सबै गरेर ग्राहकहरुले कुल ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

फोटोन
फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि अफर ल्याएको छ । ‘फ्युल योर एम्बिसन, ओउन योर टुनल्यान्ड’ नामक यो अफरले ग्राहकहरूलाई ९.९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरदि गर्ने अवसर प्रदान गर्दछ । अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ ।

ग्रेटवाल
ग्रेटवाल मोटरकोे नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले ग्रेटवालका सबै मोडलका गाडीहरूको खरिदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् । साथै, हरेक गाडीको खरिदमा ग्राहकले निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् ।

टाटा
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षले भरिएको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । सो अफर अन्तर्गत प्रत्येक गाडीमा आकर्षक छुटसँगै एक्सचेञ्ज बोनस र एक्सचेञ्जमा उच्च मूल्याकंन गर्ने बताइएको छ । पुराना कुनै पनि गाडीसँग नयाँ टाटा गाडी एक्सचेन्ज गर्न सकिने छ भने अन द स्पट भ्यालुएसन समेत हुनेछ ।

यसैगरी फ्रि जेन्युइन एसेसरिज समेत प्रदान गरिने छ भने नयाँ गाडीको खरिदमा फ्रि रोड ट्याक्सका साथै प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंनमा आकर्षक उपहारको साथमा ३ वर्षको वारेन्टी पनि प्रदान गरिने छ ।

सुजुकी
सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले सुजुकीका कुनै पनि गाडीको खरिदमा २ लाख ५० हजार रुपैयाँ सम्म छुट पाउन सक्नेछन् । त्यसैगरी कम्पनीले १ वर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्सको सुविधा दिएको छ ।

यो योजना अन्तर्गत कम्पनीका ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत विभिन्न मोडल अनुसार डिस्काउन्ट उपलब्ध गराउने छ ।

हालै मात्र नेपाली बजारमा ग्रान्ड भिटारा र नयाँ व्रेजालाई एकसाथ लन्च गरेको सीजी मोटोकर्पले नयाँ वर्ष अफर आउनु भन्दा पहिले नै यी गाडीमा नगद छुट दिएर बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

निसान नभारा पिकअपको नयाँ एडिसन नभारा प्रो फोरएक्स भोलि नेपालमा लन्च हुँदै

निसान नभारा पिकअपको नयाँ एडिसन नभारा प्रो फोरएक्स भोलि नेपालमा लन्च हुँदै

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन

मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन...

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...