प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी आइरहेको छ । अझ सरकारले नै विलासीताको वर्गमा राखेर उच्च कर लगाउँदै आएको सवारीसाधनको बजार त झनै तहसनहसकै अवस्थमा छ ।

गत वर्षको अन्तदेखि नै वैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउँदै अटोलोन दिन कडाई गरेका कारण त्यसयता सवारी बजारले गति लिन सकिरहेको छैन । झनै पछिल्लो समय त राष्ट्र बैंक नै यो क्षेत्रप्रति अनुदार वनेर विभिन्न नीति ल्याएपछि हाल तरलतामा सुधार आएपनि बैंकहरु अटो कर्जा दिन डराइरहेका छन् ।

एकातिर गाडी किन्न बैंकबाट कर्जा नपाउने र पाईहाले पनि उच्च ब्याज तिर्नुपर्ने भएका कारण अहिले ग्राहक पनि ‘पर्ख र हेर’ को अवस्थामा छन् । जसका कारण ग्राहक नपाउँदा सवैजसो गाडी सोरुम सुनसान अवस्थामा देखिन्छन् । यस्तो अवस्थामा गाडी बिक्रेता कम्पनी पनि बिक्री वढाउन आक्रामक देखिन छाडेका छन् ।

गाडी बिक्रीको एक प्रमुख सिजन नयाँ वर्षमा प्रायः सवैजसो ब्रान्डले आकर्षक अफर ल्याउने यसअघिको प्रचलनमा यो पटक ब्रेक लागेको छ । यो वर्ष छिटो अफर ल्याउन भने कम्पनीहरुले रुचि नै देखाएको पाइएन । पहिले छिट्टै नै अफर ल्याउने टाटा, सुजुकी लगायतका कम्पनीहरुले पनि तुलनात्मक रुपमा ढिलो नै अफर ल्याए ।

हुन्डाई
यो वर्ष गाडीतर्फ सवैभन्दा पहिले हुन्डाईले नयाँ वर्ष अफर ल्याएको थियो । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ । यो अफर प्रारम्भ भइसकेको र एक महिनासम्मको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ । हुन्डाईका गाडीहरुमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।

चांगन
चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन’ र प्रिमियम पिकअप ‘हन्टर’ लिन इच्छुक ग्राहकहरुका लागि यस अन्तर्गतको आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफर २०८० बैसाख १ देखि शुरु भई २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ ।

यस अफर अन्तर्गत चांगनको कुनै पनि सवारी साधनको खरिदमा ग्राहकले सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन, आईवाच र एयर पोड) जित्न सक्ने छन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँ सम्मको फेस्टिभ बोनस तथा स्क्र्याच कार्ड मार्फत ५० हजार रुपैयाँ सम्मको थप छुट पाउन सक्ने छन् ।

यसैगरी आफ्नो कुनै पनि ब्रान्डको सवारी साधन साट्न इच्छुक ग्राहकले भने थप २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

होन्डा
नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नगद छुट तथा अन्य सुबिधा सहितको अफर ल्याएको छ । यस अन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट, ५ प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने छ । गाडी खरिद गर्नेका लागि एक आर्थिक बर्षको कर निःशुल्क, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुनेछ ।

निसान
निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ल्याएको अफर अन्तर्गत निसानको नयाँ गाडी खरिद गर्दा ग्राहकले ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

यो नयाँ योजनामा निसान गाडी खरिद गर्ने ग्राहकलाई कम्पनीले ८ लाखसम्म नगद छुट दिने जनाएको छ । साथै नयाँ वर्ष अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ अतिरिक्त नगद वोनस समेत पाउनेछन् । ‘अन द स्पट’ एक्सचेन्ज सुविधा उपलब्ध हुने यो योजनामा ग्राहकले आफ्नो पुरानो गाडीमा आकर्षक मूल्यांकन पाउनेछन् ।

कम्पनीले निसान गाडी खरिद गर्ने ग्राहकहरुलाई ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ । यसैगरी, कम्पनीले एक वर्षको रोड कर र बिमा निशुल्क प्रदान गर्ने जनाएको छ । यस्तै, कम्पनीले सजिलो बैंकिङ र फाइनान्सिङको पनि सुविधा उपलब्ध गराउने जनाएको छ । यी सबै गरेर ग्राहकहरुले कुल ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

फोटोन
फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि अफर ल्याएको छ । ‘फ्युल योर एम्बिसन, ओउन योर टुनल्यान्ड’ नामक यो अफरले ग्राहकहरूलाई ९.९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरदि गर्ने अवसर प्रदान गर्दछ । अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ ।

ग्रेटवाल
ग्रेटवाल मोटरकोे नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले ग्रेटवालका सबै मोडलका गाडीहरूको खरिदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् । साथै, हरेक गाडीको खरिदमा ग्राहकले निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् ।

टाटा
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षले भरिएको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । सो अफर अन्तर्गत प्रत्येक गाडीमा आकर्षक छुटसँगै एक्सचेञ्ज बोनस र एक्सचेञ्जमा उच्च मूल्याकंन गर्ने बताइएको छ । पुराना कुनै पनि गाडीसँग नयाँ टाटा गाडी एक्सचेन्ज गर्न सकिने छ भने अन द स्पट भ्यालुएसन समेत हुनेछ ।

यसैगरी फ्रि जेन्युइन एसेसरिज समेत प्रदान गरिने छ भने नयाँ गाडीको खरिदमा फ्रि रोड ट्याक्सका साथै प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंनमा आकर्षक उपहारको साथमा ३ वर्षको वारेन्टी पनि प्रदान गरिने छ ।

सुजुकी
सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले सुजुकीका कुनै पनि गाडीको खरिदमा २ लाख ५० हजार रुपैयाँ सम्म छुट पाउन सक्नेछन् । त्यसैगरी कम्पनीले १ वर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्सको सुविधा दिएको छ ।

यो योजना अन्तर्गत कम्पनीका ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत विभिन्न मोडल अनुसार डिस्काउन्ट उपलब्ध गराउने छ ।

हालै मात्र नेपाली बजारमा ग्रान्ड भिटारा र नयाँ व्रेजालाई एकसाथ लन्च गरेको सीजी मोटोकर्पले नयाँ वर्ष अफर आउनु भन्दा पहिले नै यी गाडीमा नगद छुट दिएर बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

काठमाडौं – सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन...

कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

४ भेरिएन्टमा नेपाल आयो क्रेटा ईभी, यस्तो छ मूल्य र विशेषता

४ भेरिएन्टमा नेपाल आयो क्रेटा ईभी, यस्तो छ मूल्य र विशेषता

काठमाडौं-नेपाली बजारमा केहि समययता प्रतिक्षा गरिँदै आएको हुन्डाई क्रेटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...