यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले हालै इन्जिन नोट सहितको एउटा सानो भिडियो सार्वजनिक गरेको छ, जसले कुनै आर फेमिलीको बाइक बजारमा आउने संकेत गरेको छ । २८ सेकेन्डको सो युट्युब टिजरका आधारमा यामाहाले एमटी–०७ प्यारालल ट्विन इन्जिनयुक्त फुल्ली फेयर्ड मोटरसाइकल आउँदै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

के यामाहाले वाईजेडएफ–आर७ बाइक ल्याउदै छ त ? अनुमान यही गरिएको छ । भिडियोमा देखिएको टाइटल ट्रयाक, स्ट्रिट, पहाडी दृश्य र अन्तिममा लेखिएको ‘आर वर्ल्ड र कमिङ सुन’ का आधारमा यामाहाले अब आर सिरिजको नयाँ मोटरसाइकल ल्याउँदै भन्ने अनुमान गरिएको छ

गत फेब्रुअरीमै यामाहाले मिडिलवेट सुपरस्पोर्ट बाइक ल्याउँदै छ र यसले आर३ र आर१ बीचको ग्यापलाई पुरा गर्नेछ भनिएको थियो । यसका आधारमा अब यो मोटरसाइकलको नाम आर७ हुन सक्छ भनिएको छ ।

मोटरसाइकलमा एमटी–०७ को इन्जिन प्रयोग गरिने छ, जसले ७४ एचपी पावर दिन्छ । यद्यपि यसमा केही अपडेट पनि हुन सक्ने छ । यसमा फरक प्रकारको सस्पेन्सन सेटअप र ब्रेक प्रयोग हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२०२५ यामाहा आर १५ नयाँ रङसहित अपडेट, विश्वव्यापी रूपमा लोकप्रिय रङ पनि समावेश

२०२५ यामाहा आर १५ नयाँ रङसहित अपडेट, विश्वव्यापी रूपमा लोकप्रिय रङ पनि समावेश

यामाहा मोटरले आफ्नो लोकप्रिय स्पोर्ट्स बाइक सिरिज आर १५ नयाँ लुकका साथ...

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी...

यामाहा रेजेडआर माइलेज च्यालेन्जको आधा चरण पूरा, देखियो उत्कृष्ट माइलेज क्षमता

यामाहा रेजेडआर माइलेज च्यालेन्जको आधा चरण पूरा, देखियो उत्कृष्ट माइलेज क्षमता

काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...