यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
यामाहा मोटरले आफ्नो लोकप्रिय स्पोर्ट्स बाइक सिरिज आर १५ नयाँ लुकका साथ अपडेट गरेको छ। कम्पनीले ‘द कल अफ द ब्लु’ ब्रान्ड अभियान अन्तर्गत आर १५ एम, आर १५ भर्सन ४ (भी ४) र आर १५ एस मोडललाई नयाँ रङ विकल्पसहित बजारमा उतारेको हो।
सिरिजमा टप मोडल आर १५ एम नयाँ मेटालिक ग्रे फिनिसमा उपलब्ध भएको छ। आर १५ भर्सन ४ अब ग्राहकको मागअनुसार मेटालिक ब्ल्याकमा पाइनेछ भने यसको चर्चित रेसिङ ब्लु रङलाई आकर्षक ग्राफिक्सका साथ थप आधुनिक बनाइएको छ। यामाहाले पहिलोपटक भारतमा विश्वव्यापी रूपमा लोकप्रिय म्याट पर्ल ह्वाइट रङ प्रस्तुत गरेको छ । साथै आर १५ एस म्याट ब्ल्याक पेन्ट स्किम र सिन्दुर रङका ह्विलसहित स्पोर्टी रूपमा प्रस्तुत गरिएको छ।
यामाहाका अनुसार आर १५ भारतको इन्ट्री–लेभल सुपरस्पोर्ट बाइक सेग्मेन्टमा नम्बर १ लिडरको स्थानमा छ। कम्पनीले अहिलेसम्म यसको १० लाखभन्दा बढी युनिट उत्पादन गरिसकेको छ। यसको शार्प डिजाइन, ट्र्याक प्रेरित परफर्मेन्स र स्ट्रङ्ग रेसिङ डीएनएको कारण सो बाइक युवा र राइडिङ प्रेमीहरूको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ।
नयाँ आर १५ सिरिजमा यामाहाको १५५ सीसी लिक्विड कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन दिइएको छ, जसले १०,००० आरपीएममा १८.४ बीएचपी पावर र ७,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। बाइकमा ट्र्याक्सन कन्ट्रोल सिस्टम, असिस्ट र स्लिपर क्लच, क्विक शिफ्टर, अपसाइड डाउन फ्रन्ट फोर्क र लिंक्ड टाइप मोनोक्रस सस्पेन्सन जस्ता आधुनिक फिचर समावेश छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...