नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने तयारीमा छ । सन् २०१९ मा फेसलिफ्ट मोडल ल्याएको सुजुकीले अर्को हप्ता भारतीय बजारमा नयाँ बोलेनो सार्बजनिक गर्न लागेको हो । यो नयाँ कारको एक्स्टेरियर, इन्टेरियर र पावरट्रेनमा ब्यापक परिबर्तन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ बोलेनोलाई आकर्षक र बनाउन यसको अगाडी र पछाडी दुबै भागको डिजाइनमा परिबर्तन गरिएको छ । कारको अगाडी फराकिलो हनिकम्ब प्याट्रन्ड ग्रिल दिइएको छ । साथै यसमा दिइएको प्रोजेक्टर युनिट सहितको नयाँ थ्री इलिमेन्ट एलइडी डिआरएल सिग्नेचरका कारण हेडलाइट समेत फराकिलो देखिएको छ । यसको फ्रन्ट बम्परमा भने कुनै परिबर्तन गरिएको छैन । दुबै कारको बम्पर एउटै ले आउटमा आधारित रहेपनि नयाँ कारको लाइट हाउजिङ केही फराकिलो छ ।

पछाडीबाट हेर्दा यो नयाँ कारमा थुप्रै परिबर्तन गरिएको प्रष्ट हुन्छ । यसमा दिइएको सि आकारको एलइडी टेल लाइटलाई टेलगेटसम्म बिस्तार गरिएको छ । सुजुकीले यसमा नयाँ रियर बम्पर दिएपनि टेलगेटको आकार, ग्लास हाउस र स्पोइलर भने उस्तैउस्तै देखिन्छ ।

पुरानै मोडलको प्लेटफर्ममा निर्माण गरिएको यो नयाँ कारको डाइमेन्सनलाई थोरै मात्राले कम गरिएको छ । जसक कारण नयाँ बोलेनो पुरानोको तुलनामा ५ एमए छोटो र १० एमएम होचो रहेको छ । ह्विलबेश र चौडाई भने पुरानै मोडल सरह क्रमश २५२० एमएम र १७४५ एमएम रहेको छ ।

पुरानो मोडलमा उपलब्ध गराइएको ब्ल्याक क्याबिन थिम र वाटरफाल डिजाइनमा थप परिमार्जन गरिएको छ । क्याबिनमा नयाँ पन दिन यो नयाँ कारमा अन्तराष्ट्रिय बजारमा बिक्री हुँदै आइरहेको नयाँ एस क्रसबाट केहि फिचर्स लिइएको छ । यो कारको ड्यासबोर्डको माथील्लो भागमा कालो, बिचमा सिल्भर र तल्लो भागमा डार्क ब्लु फिनिस दिइएको छ । जसले यसको ड्यासबोर्डलाई करलफुल देखाउन मद्धत गरेको छ ।

रिडिजाइन गरिएको एसी भेन्ट, फ्रि स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, नयाँ डिजाइनको इन्स्ट्रमेन्ट क्लस्टर, अटोमेटिक क्लाईमेट कन्ट्रोल स्विचगियर, अगाडी नयाँ सिट र नयाँ डिजाइनको स्टेरिङ ह्विल लगाय फिचर्स थप गरिएको छ । यसको टप भेरियन्टमा स्मार्टप्ले प्रो प्ल्स कनेक्टेड कार टेक्नोलोजीलाई प्रयोगमा ल्याइएको छ । साथै आर्केमिज सराउन्ड साउन्ड सिस्टम, हेड्स–अप डिस्प्ले, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्याग दिइएको छ । यो नयाँ कारमा सनरुफ भने उपलब्ध नहुने भएको छ ।

पुरानो मोडलमा दुई प्रकारको पेट्रोल इन्जिन अप्सन रहँदै आएकोमा यो नयाँ कार भने एउटामात्र इन्जिमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको १.२ लिटर, फोर सिलिन्डर, पेट्रोल इन्जिनलाई कम्पनीले के१२एन नाम दिएको छ । जसको बिशेषताको रुपमा भेरियबल भल्भ टाइमिङ र इन्टिग्रेटेड स्टार्टर जेनेरेटर(आएसजी) ले अटो इन्जिन स्टार्ट÷स्टप मार्फत इन्धन बचत गर्न मद्धत गर्छ । यो नयाँ कार ५ स्पिड म्यानुअल र एएमटी दुबै ट्रान्समिसनमा उपलब्ध रहनेछ ।

सम्बन्धित समाचारहरू

लन्च हुँदैछ आकर्षक लुक र शानदार फिचर सहितको न्यू जेनेरेसन सुजुकी अल्टो, लिक भयो तस्बिर

लन्च हुँदैछ आकर्षक लुक र शानदार फिचर सहितको न्यू जेनेरेसन सुजुकी अल्टो, लिक भयो तस्बिर

सुजुकीको इन्ट्रि लेवल ह्याचब्याक अल्टोको न्यू जेनरेसन मोडल बजारमा...

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...

नयाँ स्विफ्टको भारतमा डेलिभरी सुरु, कहिले आउँछ नेपाल ?

नयाँ स्विफ्टको भारतमा डेलिभरी सुरु, कहिले आउँछ नेपाल ?

मारुती सुजुकीले हालै लन्च भएको नयाँ स्विफ्ट ग्राहकलाई दिन थालेको छ । चौथो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...