नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने तयारीमा छ । सन् २०१९ मा फेसलिफ्ट मोडल ल्याएको सुजुकीले अर्को हप्ता भारतीय बजारमा नयाँ बोलेनो सार्बजनिक गर्न लागेको हो । यो नयाँ कारको एक्स्टेरियर, इन्टेरियर र पावरट्रेनमा ब्यापक परिबर्तन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ बोलेनोलाई आकर्षक र बनाउन यसको अगाडी र पछाडी दुबै भागको डिजाइनमा परिबर्तन गरिएको छ । कारको अगाडी फराकिलो हनिकम्ब प्याट्रन्ड ग्रिल दिइएको छ । साथै यसमा दिइएको प्रोजेक्टर युनिट सहितको नयाँ थ्री इलिमेन्ट एलइडी डिआरएल सिग्नेचरका कारण हेडलाइट समेत फराकिलो देखिएको छ । यसको फ्रन्ट बम्परमा भने कुनै परिबर्तन गरिएको छैन । दुबै कारको बम्पर एउटै ले आउटमा आधारित रहेपनि नयाँ कारको लाइट हाउजिङ केही फराकिलो छ ।

पछाडीबाट हेर्दा यो नयाँ कारमा थुप्रै परिबर्तन गरिएको प्रष्ट हुन्छ । यसमा दिइएको सि आकारको एलइडी टेल लाइटलाई टेलगेटसम्म बिस्तार गरिएको छ । सुजुकीले यसमा नयाँ रियर बम्पर दिएपनि टेलगेटको आकार, ग्लास हाउस र स्पोइलर भने उस्तैउस्तै देखिन्छ ।

पुरानै मोडलको प्लेटफर्ममा निर्माण गरिएको यो नयाँ कारको डाइमेन्सनलाई थोरै मात्राले कम गरिएको छ । जसक कारण नयाँ बोलेनो पुरानोको तुलनामा ५ एमए छोटो र १० एमएम होचो रहेको छ । ह्विलबेश र चौडाई भने पुरानै मोडल सरह क्रमश २५२० एमएम र १७४५ एमएम रहेको छ ।

पुरानो मोडलमा उपलब्ध गराइएको ब्ल्याक क्याबिन थिम र वाटरफाल डिजाइनमा थप परिमार्जन गरिएको छ । क्याबिनमा नयाँ पन दिन यो नयाँ कारमा अन्तराष्ट्रिय बजारमा बिक्री हुँदै आइरहेको नयाँ एस क्रसबाट केहि फिचर्स लिइएको छ । यो कारको ड्यासबोर्डको माथील्लो भागमा कालो, बिचमा सिल्भर र तल्लो भागमा डार्क ब्लु फिनिस दिइएको छ । जसले यसको ड्यासबोर्डलाई करलफुल देखाउन मद्धत गरेको छ ।

रिडिजाइन गरिएको एसी भेन्ट, फ्रि स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, नयाँ डिजाइनको इन्स्ट्रमेन्ट क्लस्टर, अटोमेटिक क्लाईमेट कन्ट्रोल स्विचगियर, अगाडी नयाँ सिट र नयाँ डिजाइनको स्टेरिङ ह्विल लगाय फिचर्स थप गरिएको छ । यसको टप भेरियन्टमा स्मार्टप्ले प्रो प्ल्स कनेक्टेड कार टेक्नोलोजीलाई प्रयोगमा ल्याइएको छ । साथै आर्केमिज सराउन्ड साउन्ड सिस्टम, हेड्स–अप डिस्प्ले, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्याग दिइएको छ । यो नयाँ कारमा सनरुफ भने उपलब्ध नहुने भएको छ ।

पुरानो मोडलमा दुई प्रकारको पेट्रोल इन्जिन अप्सन रहँदै आएकोमा यो नयाँ कार भने एउटामात्र इन्जिमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको १.२ लिटर, फोर सिलिन्डर, पेट्रोल इन्जिनलाई कम्पनीले के१२एन नाम दिएको छ । जसको बिशेषताको रुपमा भेरियबल भल्भ टाइमिङ र इन्टिग्रेटेड स्टार्टर जेनेरेटर(आएसजी) ले अटो इन्जिन स्टार्ट÷स्टप मार्फत इन्धन बचत गर्न मद्धत गर्छ । यो नयाँ कार ५ स्पिड म्यानुअल र एएमटी दुबै ट्रान्समिसनमा उपलब्ध रहनेछ ।

सम्बन्धित समाचारहरू

चर्चामा सुजुकी जिम्नी, नाडा अटो शोमा प्रमुख आकर्षण बन्न सक्ने

चर्चामा सुजुकी जिम्नी, नाडा अटो शोमा प्रमुख आकर्षण बन्न सक्ने

मारुती सुजुकीको नयाँ अफरोड एसयूभी जिम्नीले अहिले बजारमा निकै राम्रो चर्चा...

सुजुकीलाई ब्याट्री सप्लाईमा समस्या, ईभिएक्स लन्च हुन ढिलाई हुने

सुजुकीलाई ब्याट्री सप्लाईमा समस्या, ईभिएक्स लन्च हुन ढिलाई हुने

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको लन्च पूर्ब निर्धारित समयमा...

मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा आउने

मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा आउने

मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा भारतीय सडकमा देखा परेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...