नयाँ जेनेरेसनमा आयो ब्रेजा : पहिलो पटक इलेक्ट्रिक सनरुफ र अन्य धेरै फिचर
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...
मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो सेगमेन्टमा नयाँ नयाँ कार लन्च गरिरहेको छ । मिड साइज एसयूभी सेगमेन्टमा बेस्ट सेलिङ कार मारुती सुजुकी भिटारा ब्रेजा पछि मारुती सुजुकीले आउँदो समयमा एक शानदार एसयूभी लन्च गर्ने भएको छ । जसको नाम मारुती सुजुकी भिटारा राखिएको छ । हालै सो कारको फोटो सोसल मिडियामा लिक भएको छ ।
मारुती सुजुकी भिटारा एसयूभी कम्पनीको प्रिमियम मिड साइज एसयूभी मारुती सुजुकी एसक्रसको रिप्लेसमेन्ट मानिन्छ । मारुती सुजुकी र टोयोटाको संयुक्त प्रयासमा सी–सेगमेन्ट एसयूभी विशेष गरी भारतीय सडकको लागि निर्माण गरिदैछ । उक्त एसयूभी हुन्डाई क्रेटा, किया सेल्टोस, महिन्द्रा एक्सयूभी ७००, टाटा हेरियर र स्कोडा कुशाकका साथै फक्सवागनको नयाँ कार टाइगुन जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ । हाल बजारमा मारुती सुजुकी भिटारा ब्रेजा बिक्री भइरहेको छ ।
न्यु जेनेरेशन मारुती सुजुकी भिटारा एसयूभीको लुक र डिजाइनमा भिटारा ब्रेजा, एसक्रस र टोयोटा अर्बन क्रुजरको झलक देख्न सकिन्छ । यो हाल उपलब्ध भिटारा ब्रेजा भन्दा ठूलो र आकर्षक एसयूभी हुनेछ । कम्पनीले यसमा १.५ लिटर के– सिरीज पेट्रोल इन्जिन समावेश गर्ने सम्भावना रहेको छ ।
नयाँ भिटाराको फिचर लेटेस्ट हुनेछ । यसमा कनेक्टेड कार टेक्नोलोजीको साथै नयाँ एड्भान्स सेफ्टी फिचर पनि देख्न सकिनेछ । मारुती सुजुकीको सो नेक्स्ट जेनेरेशन एसयूभीको मूल्य १० लाख भारु भन्दा बढी मूल्यमा उपलब्ध हुने सम्भावना रहेको छ ।
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...
भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकीले अबको २...
मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...